काठमाण्डौ । मोबाईल सेवाप्रदायक एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ । 

यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङ्मा रहेको बेलामा करसहितमात्र रु १५०० मा भ्वाइस, एसएमएस र डेटा प्याकको मज्जा लिन सक्छन् । 

यो कम्बो प्याक योजना भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका विभिन्न २५ देशहरुमा यही सोमबार(कार्तिक २२, २०७३)देखि लागू हुने बताइएको छ । 

यो योजना सुचारु गर्ने एनसेलका प्रिपेड वा पोस्टपेड ग्राहकले आफू सम्बन्धित रोमिङ् देशहरुमा रहँदा नेपाल र कम्बो प्याकमा रहेका अन्य देशहरुका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कल, २५ एसएमएस र २५ एमबि डेटा पाउने छन् । 

प्याकअन्र्तगत उपलब्ध हुने यी सेवाहरुको प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ । 

यो योजना सुचारु गरी एनसेलका ग्राहकले रोमिङ् देशहरुमा आफू यात्रामा भएको समयमा पनि आफ्ना परिवार, आफन्त तथा व्यवसायिक साझेदारहरुसँग सुलभ दरमा कुराकानी गर्दै संचार सेवाको खर्चमा कटौती गर्न सक्नेछन् । उदाहरणका लागि कम्बो प्याक लिई भारत यात्रामा  जाने एनसेलका ग्राहकले रु १२,५०० बचत गर्न सक्नेछन् । बिनाप्याक भारतमा रोमिङ्मा रहँदा भ्वाईसको रु २५ प्रति मिनेट, प्रति एसएमएस रु १० र डेटाको शुल्क प्रति एमबि रु ५०० लाग्दछ । 

यसरी प्याकअन्र्तगत पाइने यही भोल्युमका सेवाहरुका लागि बिनाप्याक प्रयोग गर्दा ग्राहकहरुले रु १४,००० खर्च गनुपर्ने हुन्छ । 

त्यसैगरी, थाईल्याण्ड र अन्य देशहरुमा यो कम्बो प्याक सुचारु गरेर भ्रमणमा जाने ग्राहकहरुले क्रमशः रु १६,४५० र रु १३,९५० बचत गरेर रोमिङ् सेवाको फाईदा लिन सक्छन् । पोष्टपेड सेवाका ग्राहकहरुले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी चौथो विकल्प रोजेर प्राप्त जानकारी अनुसार यो रोमिङ् कम्बो प्याक सुचारु गर्न सक्नेछन् । 

प्रिपेड ग्राहकका हकमा ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी दोस्रोे विकल्प रोजेर त्यसपछि प्राप्त जानकारी अनुसार यो प्याक लिन सक्छन् । 

“आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदानगर्ने हाम्रो प्रतिबद्धता बमोजिम २५ वटा देशमा लागू हुने गरी रोमिङ् कम्बो प्याकअन्र्तगत शुल्क घटाउँदै यो योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौ,” कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने-“यसले रोमिङ्मा रहने हाम्रा ग्राहकलाई एउटै प्याकको माध्यमबाट भ्वाईस, एसएमएस र डेटा सेवाहरु सुलभ मूल्यमा उपलब्ध गराउनेछ र भ्रमणका बेलामा सुलभ र सहज रुपमा सम्पर्कमा रहन मद्दत गर्नेछ ।”

आफ्नो संचार सेवाको आवश्यकता बमोजिम, ग्राहकले जति पटक पनि यो प्याक लिन सक्छन् । प्याक प्रयोग गर्ने समयसिमा वा प्याकमा उपलब्ध सेवाहरु उपयोग गरिसकेपछि हाल रोमिङ्का बेलामा लाग्दै आएको शुल्कहरु लागू हुनेछ । ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो कम्बो प्याकमा के कति सेवाहरु बाँकी छन् भनेर हेर्न सक्छन् । यो अफरमा प्याक स्वतः पुन सुचारु हुने व्यवस्था समावेश गरिएको छैन ।