काठमाण्डौ । नेपाल राष्ट्रबैंकले विप्रेषण कम्पनीहरुलाई डिजिटल माध्यमबाट रकम भित्र्याउने कार्यमा केही कडाई गरेको छ । 

केन्द्रीय बैंकको विदेशी विनियम व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै अनुमति लिएर विप्रेषण कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्था र विप्रेषण सेवा प्रदायक कम्पनीहरुलाई विदेशमा काम गरिरहेका नेपालीहरु कार्यरत रहेका देशमा संचालनमा रहेका डिजीटल पेमेन्ट गर्ने संस्थासँग आबद्ध भई  विप्रेषण कारोबार गर्दा पालना गर्नुपर्ने शर्तहरु केही थपिदिएको हो । 

नेपालीहरु कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा संचालनमा रहेको डिजिटल पेमेन्ट इन्स्ट्रूमेन्ट संचालन गर्ने संस्थासँग आबद्ध भएको हुनुपर्ने शर्त तोकिएको छ । 

यस्तै, त्यस्तो संस्था उक्त देशको कानूनबमोजिम दर्ता भई त्यस देशको नियामक निकायबाट आउटवार्ड रेमिटान्स कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । 

थपिएका अन्य शर्तहरु यस्ता छन्: