काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि र सर्वसाधारण लगानीकर्तालाई असार २० गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो।
कम्पनीले जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ १३६.९१ रुपैयाँ प्रिमियम थपेर २३६.९१ रुपैयाँका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ।
कुल कित्तामध्ये पहिलो चरणमा कम्पनीले १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गर्नेछ।
त्यसपछि कम्पनीले ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन्। सर्वसाधारणका लागि जारी हुने आईपीओ भने निष्कासन बन्द भने छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गते बैंकिङ समयपछि हुनेछ।
यो आईपीओमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।
आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्के रहेको छ।
9 hours ago
20 hours ago
20 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago