काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी तानिएका केबल टीभी, इन्टरनेट सेवा प्रदायक र दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुका तारा व्यवस्थापन गर्न ८ बुँदे सुधारका कार्य तत्काल गर्न आग्रह गरेको छ। 

प्राधिकरणले सहरी सुन्दरता कायम राख्न तथा आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गर्न विद्युतीय पोलहरुमा अव्यवस्थित ढंगले तानिएका तारहरुलाई व्यवस्थित बनाउन केबल टीभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई ८ बुँदे सुधारका कार्य तत्काल गर्न आग्रह गरेको हो। 

ती सुधारका कार्य तत्काल नगरिए प्राधिकरण आफैँले त्यस्ता तार तथा उपकरण हटाउने आज एक सूचना जारी गर्दै चेतावनी दिएको छ। 

प्राधिकरणले त्यस्ता तार तथा उपकरण हटाउँदा हुने नोक्सानीका लागि इन्टनेट, केबल टीभी र दूरसञ्चार सेवा प्रदायक कम्पनी स्वयं जिम्मेवारी हुने सूचनामा स्पष्ट पारिएको छ। 

यस्ता छन् सुधार कार्यहरु