काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्न थप कार्य अगाडि बढाउने भएको छ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विद्युतीय मुद्रा जारी गर्न थप कार्य अगाडि बढाउने निर्णय गरेको हो।
विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनका आधारमा थप कार्य अगाडि बढाइने नीतिमा उल्लेख छ।
यसैगरी सार्वजनिक सेवा हुने मुख्य कार्यालयहरुमा विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोग गरी राजस्व संकलन गर्ने कार्यका लागि सहजीकरण गरिने नीतिमा जनाइएको छ।
सूचना प्रविधिलगायतका सेवा निर्यात गरेबापतको विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाइने नीतिमा उल्लेख छ।
विद्युतीय भुक्तानीमा आबद्ध संस्थाहरुले गर्ने कारोबारको राफसाफ कार्यलाई प्रिन्सिपल्स फर फाइनान्सियल मार्केट इन्फ्रास्ट्रक्चरसँग सामञ्जस्य हुने गरी केन्द्रीय बैंकको प्रणालीमार्फत फर्छ्यौट हुने व्यवस्था मिलाइने नीतिमा जनाइएको छ।
34 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago