काठमाण्डौ । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संघीय संसदमा लैजाने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय भएको छ।
विधेयक समितिबाट यो विधेयक मन्त्रिपरिषदमा आएको थियो। मन्त्रिपरिषदले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेस गर्न अनुमति दिएको छ।
9 hours ago
20 hours ago
20 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago