काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत वर्ष यही अवधिको तुलनामा १.०६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ३९ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ३.४४ प्रतिशतले बढेर ६३ करोड ९९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६१ करोड ८६ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४५ करोड १३ लाख रुपैयाँ रहेको छ। गत वर्ष यस्तो मुनाफा ४३ करोड ६५ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको रिजर्भको आकार ९.९८ प्रतिशतले घटेर ३ अर्ब ५५ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ३ अर्ब ९४ करोड रुपैयाँ थियो।
चुक्तापुँजी ६ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस १२.५० रुपैयाँ रहेको छ। पीई रेसियो ४७.६९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५६.५३ रुपैयाँ रहेको छ।
32 minutes ago
44 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago