काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ लाख ३३ हजार खुद नाफा आर्जन गरेको छ।

कम्पनीको आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ८८.८४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा विद्युत बिक्रीको आम्दानी भने २०.८४ प्रतिशतले बढेको छ। गत वर्ष ९ करोड ९७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा बढेर ११ करोड ८३ लाख रुपैयाँ पुगेको छ। 

समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि बढेर ९ करोड ४१ लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो मुनाफा ७ करोड ५३ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीको रिटेन्ड अर्निङ २२ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। 

चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस घटेर ०७ पैसामा झरेको छ। गत वर्ष ईपीएस ६३ पैसा रहेको थियो। प्रतिसेयर नेटवर्थ भने ८५.७० रुपैयाँ रहेको छ।