काठमाण्डौ । आईपीओ बिक्री गरी हालै धितोपत्र दोस्रो बजारमा कारोबार सुरु गरेको तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले समीक्षा अवधिमा १ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ८६ लाख ७० हजार घाटा व्यहोरेको थियो। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीबापतको आम्दानी १०७.१६ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा २ करोड ३० लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ४ करोड ७६ लाख रुपैयाँ पुगेको छ। 

चुक्तापुँजी ४० करोड रुपैयाँको कम्पनीको रिजर्भ भने ८ करोड ४५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिजर्भ ५ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस १२ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ रहेको छ।