काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। 

समीक्षा अवधिसम्म कम्पनीले ४४ लाख ३३ हजार रुपैयाँ घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ११२.२३ प्रतिशतले बढेर १४ करोड २७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ६ करोड ७२ लाख रुपैयाँमा सीमित थियो। 

चुक्तापुँजी ४० करोड रहेको कम्पनीको रिजर्भ १० करोड १७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष रिजर्भ ९ करोड ४८ लाख रुपैयाँले ऋणात्मक थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १.११ रुपैयाँले ऋणात्मक छ। अघिल्लो वर्ष ईपीएस १८.६१ रुपैयाँले ऋणात्मक थियो। प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ३८४ गुणाले ऋणात्मक छ।