काठमाण्डौ । हकप्रद बिक्री गर्न लागेको बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बरुण हाइड्रोपावरले आउँदो भदौ ६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्दैछ।
समीक्षा अवधिमा कम्पनीले ३१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २२ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीले नाफामा ४३.४५ प्रतिशतको बढोत्तरी भएको छ।
कम्पनीले समीक्षा अवधिमा विद्युत् बिक्रीबाट ९ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ५७.२८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले ५ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङमा ८२ लाख २४ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन अर्निङ ५० लाख २४ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०३.०७ रुपैयाँ र पीई रेसियो ३२४.९७ गुणा रहेको छ।
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago