काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८८ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १०.८६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि १८.२१ प्रतिशतले बढेर ३ करोड ८३ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङको आकार बढेर ८२ लाख २४ हजार रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ ५० लाख २४ हजार रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १६.९२ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस १६.५३ रुपैयाँ रहेको थियो।
पीई रेसियो १२.५३ गुणा रहेको कम्पनी प्रतिसेयर नेटवर्थ १०६.५६ रुपैयाँ रहेको छ।
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago