काठमाण्डौ । रिडी पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिमा १ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९५.८१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ४६ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
दोस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १५०.२३ प्रतिशतले बढेर १८ करोड ४१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको थियो।
यो अवधिमा कम्पनीको लगानी तथा अन्य स्रोतबाट हुने आम्दानी भने ह्वात्तै घटेर ५१ लाख २८ हजार रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६० करोड ८ लाख रुपैयाँ थियो। यस्तो आम्दानी पनि ९९.१५ प्रतिशतले घटेको छ। यही आम्दानी घट्दा रिडी पावरको नाफामा संकुचन आएको हो।
चुक्तापुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर ५० करोड २५ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ४७ करोड १ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.५६ रुपैयाँ, पीई रेसियो १५३.९३ गुणा र प्रतिसेयर नेटवर्थ १४५.४३ रुपैयाँ रहेको छ।
20 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago