काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले आफ्नै मोबाइल एप सञ्चालनमा ल्याएको छ। 

प्राधिकरणले मोबाइल एप (एनईए एप) सञ्चालनमा ल्याएको हो। 

ग्राहकलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले यो एप सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। यो एपमार्फत मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेसनहरुको जानकारी तथा विद्युत आपूर्तिसम्बन्धी विविध सूचना तथा जानकारी पनि प्राप्त गर्न एवं गुनासो व्यवस्थासमेत गर्न सकिने प्राधिकरणले जनाएको छ। 

प्राधिकरण एप मोबाइलको प्ले स्टोर वा एप स्टोरमा गई ‘एनईए अफिसियल एप’ डाउनलोड गर्न सकिने प्राधिकरणले जनाएको छ।

आफ्नो ग्राहक विवरणहरु रजिस्टर गरी यो मोबाइल एपको भरपूर प्रयोग गरी लाभ लिन पनि प्राधिकरणले आग्रह गरेको छ।