काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १४ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३५.३५प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २२ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
तेस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४.६४ प्रतिशतले घटेर ५६ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५९ करोड २५ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले ७४ लाख ७ हजार रुपैयाँ बढी अन्य स्रोतबाट आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्ष यही अवधिमा ३१ लाख १५ हजार रुपैयाँ रहेको थियो।
चुक्तापुँजी १ अर्ब ८५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर ५३.६४ प्रतिशतले बढेर ३५ करोड ४२ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा २३ करोड ५ लाख रुपैयाँमा सीमित थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०.३२ रुपैयाँ रहेको छ। पीई रेसियो ३९.१४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११९.०९ रुपैयाँ रहेको छ।
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago