काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले गत वर्षको तुलनामा यो वर्ष यस अवधिमा कम्पनीको नाफा १७.४० प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ११.२६ प्रतिशतले घटेर ११ करोड ७२ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १३ करोड २१ लाख रुपैयाँमा सीमित थियो।
चुक्तापुँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ २४.९९ प्रतिशत बढेर १५ करोड ७६ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा १२ करोड ६० लाख रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १८.०६ रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस २२.२८ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ १३१.९५ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ४१.५९ गुणा रहेको छ।
36 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago