काठमाण्डौ । सामलिङ पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिमा ८५ लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
कम्पनीको विद्युत बिक्रीको आम्दानी भने बढेर २० करोड ५९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा विद्युत बिक्रीबाट कम्पनीले १९ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीको सञ्चालन मुनाफा पनि बढेर १२ करोड ३९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ११ करोड ७१ लाख रुपैयाँमा सीमित थियो।
चुक्तापुँजी ५० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर ८ करोड ६४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ७ करोड १ लाख रुपैयाँ थियो।
कम्पनीको ईपीएस ४.०३ रुपैयाँबाट घटेर १.६० रुपैयाँमा सीमित बनेको छ। पीई रेसियो २८५.९३ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११७.२९ रुपैयाँ थियो।
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago