काठमाण्डौ । अग्नि ग्रुपले बुधबारदेखि विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम शुुरु गरेको छ । 

ट्रयाक्टर शोरुमका निर्देशक क्याबिनेट श्रेष्ठ, नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर, महिन्द्रा एण्ड महिन्द्राको अन्तर्राष्ट्रिय कार्य संञ्चालन तर्फ वरिष्ठ बजार व्यवस्थापक आकांक्षा वंशलका साथै अग्नि ग्रुुपका ट्रयाक्टर विभागका महाप्रबन्धक प्रभाषमान शाक्य र शाखा प्रबन्धक विजय किशोर देवले उद्घाटन गरे । 

विराटनगर र आसपासका ग्राहकलाई अधिकतम सुविधा र टिकाउ हुुने ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर समेत संचालमा ल्याएको विज्ञप्तिमा उल्लेख छ। 

‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा ट्रयाक्टरका  युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदिमा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् शोरुममा पाइने र सोहि अनुुसारको सेवा प्रदान गरिने अग्नि ग्रुुपका नायव महाप्रबन्धक शाक्यले जनाएका छन् । 

पूुर्व क्षेत्रका नयाँ उद्यमी र कृषका लागि अग्निु ग्रुुप प्रभावकारी हुुने देखिन्छ ।