काठमाण्डौ । सरकारले चैत ८ गते ल्याएको २ अध्यादेश फिर्ता गर्ने निर्णय गरेको छ । 

बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी दुवै अध्यादेश फिर्ता गर्ने निर्णय गरेको हो।

सरकारले आजै राष्ट्रपति समक्ष अध्यादेश खारेजीका लागि पठाउने छ । राष्ट्रपतिले सिफारिस अनुसार दुवै अध्यादेश आजै खारेज गर्नेछिन् । 

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक परिषदमा विपक्षीको प्रतिनिधित्व आवश्यक नपर्ने संसोधनसहितको दुई अध्यादेश जारी गरेको थियो । 

यो अध्यादेशको सर्वत्र विरोध भएको थियो । यही अध्यादेशका कारण सत्तारुढ नेकपा विभाजनको संघारमा पुगेपछि प्रधानमन्त्री ओली एकाएक यूटर्न भएका हुन् ।