काठमाण्डौ । यसपालिको तिहारमा लक्ष्मीपूजा भोलि कात्तिक १८ गते परेको छ। लक्ष्मीपूजा गरेर हामी सुख–समृद्धिको कामना गर्छौं।

यही अवसरमा आज हामी तपाइँहरुलाई विश्वका ५ धनाढ्यको ‘मनी मन्त्र’ बारे जानकारी गराउन गइरहेका छौँ। यी ‘मनी मन्त्र’ हामी सबैलाई काम लाग्न सक्छ। 

१. एलन मस्क

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको मनी मन्त्र भनेको हार नमान्नु नै हो। कडा मेहनत र आफ्नो प्यासनलाई फलो गर्नु । मस्क दुईपटक अन्तरिक्षमा रकेट पठाउन असफल भएका थिए। त्यसपछि उनीसँग केवल एउटा रकेट पठाउन पैसा बाँकी थियो। तर, उनले हार मानेनन् र तेस्रो प्रयासमा उनी सफल भए।

२. जेफ बेजोस

अमेजनका को–फाउन्डर जेफ बेजोसले एउटा ग्यारेजबाट कम्पनीको सुरुआत गरेका थिए। उनको मनी मन्त्री इनोभेसन हो। जसबाट उनी कहिल्यै पछि हटेनन्। बेजोस इनोभेटिभ हुनुको नतिजा नै हो कि उनले आज अमेजनलाई यो उचाइसम्म पुर्याए। 

३. बिल गेट्स

बिल गेट्स आफूलाई टेक्नोक्रेट भन्न रुचाउँछन्। उनलाई विश्वास छ कि प्रविधिका माध्यमबाट विश्वलाई अझै विकसित बनाउन सकिन्छ। जति छिटो हुन सक्छ, त्यति नै चाँडो काम सुरु गर्नुपर्ने उनको धारणा छ। उनले केवल १३ वर्षको उमेरबाटै कम्प्युटर प्रोग्रामिङ सुरु गरेका थिए। १९८६ मा बिल गेट्स अर्बपतिको सूचीमा समावेश भएका थिए।

४. मार्क जुकरबर्ग

मार्क जुकरबर्गको मनी मन्त्र जोखिम उठाउन सक्नु हो। जोखिम उठाउन नसक्ने मानिसले कहिल्यै पनि जीवनमा सफलता प्राप्त गर्न नसक्ने उनको धारणा छ। त्यसैले तीव्रगतिमा भइरहेको विकास क्रममा सफल हुन जोखिम उठाउन क्षमता राख्नुपर्ने उनको भनाइ छ। 

५. वारेन बफेट

विश्वका दिग्गज लगानीकर्ता वारेन बफेटको मनी मन्त्र भ्याल्यू इन्भेस्टिङ रहेको छ। यसको अर्थ उनी यस्तो कम्पनीहरुमा लामो समयका लागि लगानी गर्छन्, जसको फन्डामेन्टल राम्रो तर सेयरमूल्य कम छ। बफेटको मान्यता छ कि तिनै सेयरले भविष्यमा राम्रो रिटर्न दिनेछन्, जसको क्वालिटी राम्रो छ। लगानीको यही शैलीका कारण वारेन बफेट सफल लगानी बनेका हुन्। – एजेन्सी