काठमाण्डौ । के तपाइँलाई थाहा छ विश्वमा सबैभन्दा बढी अर्बपति बस्ने सहर कुन हो ? यदि छैन भने हामी तपाइँलाई यसबारेमा जानकारी दिँदैछौँ। 

ब्लूमबर्गले हेन्ले एन्ड पार्टनर्स समूहलाई उद्धृत गर्दै यससँग सम्बन्धित रिपोर्ट प्रकाशित गरेको छ। रिपोर्टअनुसार धनीको संख्यामा अमेरिकाका सहर शीर्ष स्थानमा छन्। त्यस्ता शीर्ष १० सहरमा ५ सहर अमेरिकाका मात्रै छन्।

रिपोर्टअनुसार विश्वमा धनीव्यक्तिको संख्यामा १२ प्रतिशतले कमी आए पनि यस वर्ष विश्वमा करोडपतिको संख्यामा न्युयोर्कले अग्रता कायम राखेको छ। प्रतिवेदनमा ती करोडपतिहरु समावेश छन्, जसको लगानीयोग्य सम्पत्तिमा १ मिलियन डलर वा बढी छ। यसमा नगद, चेक, सेयर बजारमा लगानीका लागि बचत खाता, सरकारी ऋणपत्र र म्युचुअल फन्ड समावेश छन्। शीर्ष १० देशको सूचीमा आधा सहर अमेरिकाका छन्।

धनीहरुको रोजाइमा रहेका विश्वका सहरहरुको सूचीमा ३.४५ लाख करोडपति नम्बर १ न्युयोर्कमा छन्। यो सहरमा ५९ अर्बपति पनि बस्छन् र १०० मिलियन डलरभन्दा बढी सम्पत्ति भएका ७३७ धनी छन्। 

दोस्रो नम्बरमा जापानको राजधानी टोकियोको नाम छ जहाँ ३.०४ लाख करोडपति र १२ अर्बपति बसोबास गर्छन्। १०० मिलियन डलरभन्दा बढी भएको यो सहरमा धनीहरुको संख्या २६३ छ।

योसँगै करोडपतिको संख्याको हिसाबले तेस्रो नम्बरमा अमेरिकी सहर सान फ्रान्सिस्को रहेको छ। त्यहाँ २.७६ लाख करोडपति र ६२ अर्बपति छन्। १०० मिलियन डलरभन्दा बढीको सम्पत्ति भएको यस सहरमा धनी व्यक्तिको संख्या ६२३ छ।

शीर्ष १० को सूचीमा चौथो स्थानमा बेलायतको राजधानी लन्डन रहेको छ। त्यहाँ कुल २.७२ लाख करोडपति बस्छन्। जब कि अर्बपतिको संख्या ३८ छ। यससँगै १० करोड डलरभन्दा बढीको सम्पत्ति भएका ४०६ धनी लन्डनमा बस्छन्। पाँचौँ स्थानमा सिंगापुर आउँछ र यदि धनीको संख्याको कुरा गर्ने हो भने यहाँ २.४९ लाख करोडपति बस्छन्। जब कि २६ अर्बपतिको यो सहरमा ३३६ जनासँग १०० मिलियन डलरभन्दा बढी सम्पत्ति छ। शीर्ष १० सहरको सूचीमा छैटौँमा लस एन्जलस, सातौँमा शिकागो, आठौँमा ह्युस्टन, नवौँमा बेइजिङ र दसौँमा सांघाई छन्।

यो वर्षको जनवरी र जुनबीचको पहिलो छमाही, न्युयोर्कमा करोडपतिको संख्या १२ प्रतिशतले घटेको छ। सान फ्रान्सिस्कोमा पनि करोडपतिको संख्या ४ प्रतिशतले घटेको छ। योसँगै लन्डनमा करोडपतिको संख्यामा ९ प्रतिशतले कमी आएको छ। तर, यस अवधिमा रियाद र शारजाहमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा छिटो बढ्दो करोडपतिको संख्या देखिएको छ। योसँगै अबुधाबी र दुबईका करोडपतिको संख्या पनि बढेको छ। –एजेन्सी