काठमाण्डौ । विश्वमा इन्टरनेटका प्रयोगकर्ताको वृद्धिसँगै यसको स्पीड समेत बढिरहेको छ । अमेरिकाको कन्टेन्ट डेलिभरी एण्ड क्लाउड सर्भिसेज प्रोभाइडर अकामाईको ताजा रिपोर्टका अनुसार ग्लोबल्ली एक वेब पेज औसतमा ६.३ मेगाबाइट्स  प्रति सेकेण्डमा लोड हुन्छ । यसैबाट थाहा हुन्छ कि कति लाख बाइट्सको डाटा एक ठाउँबाट अर्को ठाउँमा एकै सेकेण्डमा ट्रान्सफर भइरहेको छ भन्ने कुरा । हामी यहाँ विश्वमा धेरै स्पीडको इन्टरनेट उपलब्ध १० देशको बिषयमा बताउन गइरहेका छौ । 

साउथ कोरिया
औसत इन्टरनेट स्पीड : २९ एमबीपिएस
अकामाईको रिपोर्ट अनुसार साउथ कोरियाका नागरिक विश्वमै सबैभन्दा छिटो इन्टरनेटको मज्जा लिने भाग्यमानी हुन् । यो देशको औसत इन्टरनेट स्पीड २९ एमबीपिएस अनुमान गरिएको छ । यो स्पीड ग्लोबल स्पीडको तुलनामा ४.६ गुणाले बढी हो । 

एक औसत एचडी फिल्म करिब ५ हजार एमबीको हुन्छ । २९ एमबीपिएस स्पीडबाट एक कम्प्युटरबाट २ मिनेटमा ५००० हजार एमबीको फिल्म डाउनलोड गर्न सक्छ । त्यसो त साउथ कोरियाका ८० प्रतिशत भन्दा बढी मानिससँग विश्वकै सबैभन्दा तीव्र गतिको इन्टरनेट उपलब्ध छ, तर यसलाई प्रयोग गर्ने सीमा समेत हुन्छ । 

नर्वे
औसत इन्टरनेट स्पीड : २१.३ एमबीपिएस
नर्वेमा अघिल्लो वर्षभन्दा जारी वर्षमा इन्टरनेटको स्पीडमा ६८ प्रतिशतको प्रगति हासिल भएको छ । यहाँ २१.३ एमबीपिएसको औसत स्पीड भएको इन्टरनेट सेवा उपलब्ध छ । सबैभन्दा धेरै स्पीडको इन्टरनेट भएको विश्वका टप १० मा नर्वे दोश्रो नम्बरमा पर्छ । यो स्पीडबाट करिब पाँचवटा हाइ क्वालिटीको फोटो प्रति सेकेण्डमै डाउनलोड गर्न सकिन्छ । 

स्वीडेन
औसत इन्टरनेट स्पीड : २०.६ एमबिपीएस
स्वीडेनमा समेत इन्टरनेटको स्पीड अघिल्लो वर्षको तुलनामा यो वर्ष ३२ प्रतिशतले विकास भएको छ । यहाँको इन्टरनेटको औसत स्पीड २०.६ एमबिपिएस रहेको छ । 

हङकङ
औसत इन्टरनेट स्पीड : १९.९ एमबीपिएस
कुनै बेला हङकङ यस्तो देश थियो, जहाँ ६० एमबीपिएसको इन्टरनेट तीव्रताको सुविधा उपलब्ध थियो । तर अहिले यहाँको इन्टरनेट स्पीड १९.९ एमबीपिएसमा सीमित छ । 

स्वीट्जरल्याण्ड
औसत इन्टरनेट स्पीड : १८.७  एमबीपिएस
स्वीट्जरल्याण्डमा औसत इन्टरनेट स्पीड १८.७ एमबिपिएस रहेको छ । यहाँको स्पीड समेत गत एकवर्षको तुलनामा २५ प्रतिशतले सुधार भएको हो । 

लातविया
औसत इन्टरनेट स्पीड : १८.३ एमबीपिएस
लातवियामा औसत इन्टरनेट स्पीड १८.३ एमबिपिएस रहेको छ । यहाँको स्पीड ग्लोबल औसत इन्टरनेट स्पीडको तुलनामा तीन गुणा तीव्र छ । 

जापान
औसत इन्टरनेट स्पीड  : १८.२ एमबीपिएस
पूरा जापानमा हाई स्पीडको फाइबर इन्टरनेटको सेवा तथा सञ्जाल  उपलब्ध छ । यहाँका प्रयोगकर्ताले औसतमा १८.२ एमबिपिएसको तीव्रता भएको इन्टरनेट प्रयोग गर्न पाउँछन । दोश्रो शब्दमा भन्दा एउटा घरमा कयौं व्यक्ति एउटै समयमा भिडियो गेम्स र  विभिन्न डिभाइसमा वेब ब्राउजिङ गर्न सक्छन् । जापान केही सीमित देशमध्येमै पर्छ, जहाँ सुपर फास्ट १०० जिबिपिएस इन्टरनेट सेवा विकासका लागि तीव्र स्तरमा काम भइरहेको छ । 

नेदरल्याण्ड
औसत इन्टरनेट स्पीड : १७.९ एमबिपिएस
नेदरल्याण्डको औसत इन्टरनेट स्पीड १७.९ एमबिपिएस रहेको छ । यूरोपियन युनियनमा नेदरल्याण्डमा सबैभन्दा बढी मानिस इन्टरनेटको प्रयोगकर्ता छन् । 

चेक रिपब्लिक
औसत इन्टरनेट स्पीड : १७.८ एमबिपिएस
चेक रिपब्लिकमा इन्टरनेटको औसत स्पीड १७.८ एमबिपिएस रहेको छ । यहाँ पनि गत वर्षको तुलनामा इन्टरनेटको स्पीडमा ३१ प्रतिशतले सुधार भएको हो । यहाँको स्पीड अमेरिका भन्दा निकै तगडा छ र अमेरिकामा कुल इन्टरनेट प्रयोगकर्ताको स्पीड भन्दा पनि यहाँको स्पीड निकै तीव्र छ । 

फिनल्याण्ड
औसत इन्टरनेट स्पीड : १७.७ एमबिपिएस
फिनल्याण्डका मानिस १७.७ एमबिपिएसको इन्टरनेट प्रयोग गर्छन । सन् २०१० मा देशको ट्रान्सपोर्ट एण्ड कम्यूनिकेसन मन्त्रालयले यहाँका प्रत्येक नागरिकलाई न्यूनतम पनि एक एमबिपिएसको इन्टरनेट कनेक्सनको अफर उपलब्ध गराएको थियो ।