काठमाण्डौ । विश्वभरका अटोमोवाइल कम्पनीहरु इलेक्ट्रोफिकेशनको दिशातर्फ अगाडि बढिरहेका छन् । कम्पनीहरुले विश्वबजारका लागि आफ्नो रणनीति तयार गरेका छन् । हालै जारी एक रिपोर्टमा भनिएको छ कि विश्वका ठूला अटोमोवाइल कम्पनीहरु: टोयोटा, मर्सिडिज बेञ्ज, बिएमडब्ल्यू, हुण्डाई, होण्डा आदिले सन् २०२० देखि २०३० सम्ममा विद्युतीय गाडी उत्पादनका लागि बनाएका योजना सार्वजनिक गरिसकेका छन् । यहीकारण आगामी केही वर्षमा यी कम्पनीहरुको हालका कैयन मोडल तथा नयाँ मोडलहरुको विद्युतीय रुप देख्न पाइनेछ ।

कसको के योजना ?
विश्वभरका सबै ठूला अटोमोवाइल कम्पनीहरुले आफ्नो ब्याट्री इलेक्ट्रिक भेइकल(बीईभीएस) पेश गर्ने घोषणा गरेका छन् । 

टोयोटा : यो कम्पनीले २०२० को सुरुवातमै विद्युतीय गाडीलाई चीनमा पेश गर्नेछ । यसबाहेक सन् २०२५ सम्म त्यसबेलासम्म उपलब्ध सबै मोडलहरुमा विद्युतीय सवारीको विकल्पको रुपमा बजारमा ल्याइनेछ । यस्तै, २०२५ को अन्तसम्म ५५ प्रतिशत विद्युतीय गाडी बिक्री गरिनेछ, जसमा १० लाख ब्याट्री इलेक्ट्रिक भेइकल्स र बाँकी फ्यूल सेल भेइकल्स(डिजल गाडी) हुनेछन् ।

बिएमडब्ल्यू: यो कम्पनीले पनि सन् २०२५ सम्म ब्याट्रीजडित विद्युतीय गाडी पेश गर्नेछ ।

मर्सिडिज बेञ्ज क्लास: २०२२ सम्म १० ब्याट्रीको विद्युतीय गाडीको अलावा २०२५ सम्म १५ प्रतिशत २० प्रतिशतसम्म विद्युतीय गाडी बिक्रीको योजना बनाएको छ ।

होण्डा : यो कम्पनीले २०३० सम्म आफ्नो कुल बिक्रीमा दुई तिहाई बिक्री विद्युतीय गाडीकै हुनेछ।

निशानः २०३० सम्म  १२ व्याट्रीको विद्युतीय गाडीलाई पेश गर्ने योजना छ । 

भोक्सवेगन : २०२५ सम्म ३० लाख विद्युतीय गाडी बिक्रीको  योजना बनाएको छ यो कम्पनीले । यसबाहेक २०३० सम्म सबै ३०० मोडलहरुलाई विद्युतीय स्वरुपमा रुपान्तरण गरिनेछ । यसमा हाइब्रिड मोडल पनि सामेल  हुनेछ ।

हुण्डाई/किया मोटर्सः यो कम्पनीले २०२० सम्म ८ ब्याट्रीको विद्युतीय गाडी तथा २०२५ सम्म १४ ब्याट्रीको विद्युतीय गाडी पेश  गर्ने योजना छ । 

फोर्ड: यो कम्पनीले सन् २०२० सम्म ८ ब्याट्रीको विद्युतीय सवारी पेश गर्ने बाहेक सन् २०२२ सम्म १२ व्याट्रीको गाडी समेत बजारमा ल्याउने योजना बनाएको छ । 

२०२० सम्म १९ प्रतिशत पहुँच
रिपोर्टमा भनिएअनुसार विश्वमा विद्युतीय गाडीले ग्लोबल अटोमोवाइल क्षेत्रको ८  प्रतिशत हिस्सा २०२० को मध्यसम्म र २०२० पूरा हुने समयसम्म १९ प्रतिशत हिस्सा ओगट्ने विश्वास गरिएको छ । विद्युतीय गाडीहरुको उत्पादन गर्ने कम्पनीले सो बेलासम्म डिजाइनमा समेत विशेष ध्यान दिने विश्वास समेत रिपोर्टमा गरिएको छ । साथै सेयर बजार र सरकारी निकायहरुको ध्यान समेत आगामी दिनमा विद्युतीय गाडीतर्फ आकर्षित हुने बताइएको छ ।