काठमाण्डौ । अहिले विश्वमा सेभेन स्टारदेखि टु स्टारसम्मका होेटलहरु खुलेका छन् । कतिपय नाम चलेका होटलहरुले विश्वका विभिन्न सहरमा शाखा पनि विस्तार गरेका छन् ।

यही विश्वमा एउटा यस्तो होटल पनि छ जसको कुनै शाखा छैन तर इतिहास भनेछ । त्यो पनि १–२ सय वर्षको कुनै झन्डै १३ सय वर्षको इतिहास ।

१३ सय वर्षदेखिको आफ्नो इतिहासलाई जीवितै राख्ने होटल हो ‘निसियामा ओनसेन कियुनकेन’ । यो होटल जापानको कियुनकेन गाउँमा अवस्थित छ ।
यो विश्वको सबैभन्दा पुरानो होटल हो । यसले गिनिज बुकमा नाम समेत लेखाइसकेको छ ।

सन् ७०५ मा फुजिवारा महितो नामक जापानी नागरिकले यो होटल सञ्चालनमा ल्याएका थिए । अहिले पनि उनकै सन्ततिले यो होटल चलाइरहेका छन् ।

अहिले होटलका सञ्चालकका रुपमा फुजिवाराका ५२ औँ पुस्ता छन् । यो होटलको एउटा खास विशेषता छ । त्यो हो होटल प्राँगणभित्रै तातो पानीको झरना। यसैगरी यो होटलनजिकै भएर नदी बग्दछ भने आसपास घना जंगल  छ ।

यिनै झरना, नदी अनि घना जंगलको दृश्य हेर्ने यो ऐतिहासिक विश्व प्रसिद्ध होटलमा विश्वभरका पर्यटक आउँछन् । होटलका कोठाहरुबाट झ्याल खोलेर बाहिर हेर्दा निकै नै मन्त्रमुग्ध पार्ने दृश्य देखिन्छ । 

यो होटलमा करिब ४० वटा कोठा छन् । होटलमा एक रात बिताउन करिब ५० हजार रुपैयाँबराबरको रकम तिर्नुपर्दछ । – एजेन्सी