काठमाण्डौ । साइबेरिया विश्वको सबैभन्दा धेरै चिसो हुुने क्षेत्रमध्ये एक हो। तर यो वर्ष साइबेरियामा रेकर्डतोड गर्मी भएको छ।

गर्मीको यो लहरले जलवायुु परिवर्तनका कारण मौसममा परिरहेको खतरनाक असरलाई स्पष्ट रुपमा देखाएको छ। अहिले साइबेरियामा दिनानुुदिन गर्मी बढिरहेको छ। यहाँ अहिलेसम्म ६०० गुुणा गर्मी बढिसकेको छ। 

एउटा ताजा अनुुसन्धानका अनुुसार ग्रिनहाउस प्रभावका कारण साइबेरियामा गर्मीको सम्भावना कम्तीमा पनि ६ सय गुुणा बढेको छ। अनुुसन्धानकर्ताको समूहले जनवरीदेखि जुुन २०२० सम्म साइबेरियाको मौसमको डेटा संकलन गरेको थियो। यस क्रममा उनीहरुले एक दिन तापमान ३८ डिग्री सेल्सियससम्म पुुगेको पाएका थिए। 

साइबेरियामा आम रुपमा वर्षको अधिकतम तापमान १० देखि १७ डिग्रीको बीचमा पुुग्ने गर्दछ। 

बेलायत, रुस, फ्रान्स, नेदरल्यान्डस्, जर्मनी र स्विट्जरल्यान्डका वैज्ञानिकहरुले ७० वटा फरक–फरक मोडेलको प्रयोग गरेर यदि कोइला, तेल र ग्यास प्रयोग गर्ने मानवीय गतिविधि नहुुने हो भने ग्लोबल वार्मिङमा कस्तो असर पर्छ भनेर पत्ता लगाउने प्रयास गरेका थिए। वैज्ञानिकहरुले जलवायुु परिवर्तनका कारण साइबेरियाको तापमानमा देखिएको बदलाव ८० हजार वर्षमा एकपटकमात्रै देखिने बताएका छन्। 

यो अनुुसन्धानका प्रमुुख लेखक तथा बेलायतको मौसम विभागका वैज्ञानिक एन्ड्रयुु सियावरेलाका अनुुसार यस्तो अवस्था मानव हस्तक्षेप बिना नभएको हुुन सक्थ्यो। 

त्यस्तै अक्सफोर्ड युुनिभर्सिटीका इन्भायरमेन्टल चेन्ज इन्स्टिच्युुटका निर्देशक फ्रेडेरिक अन्टोले अनुुसन्धानकर्ताहरुले अन्य कयौँ क्षेत्रहरुमा पनि अनुुसन्धान गरेको तर २०२० मा साइबेरियामा जस्तो अवस्था अन्त कतै पनि नदेखिएको बताएका छन्। अनुुुसन्धानकर्ताले साइबेरियाको यो वर्षको पहिलो ६ महिनाको तापमानमा ध्यान दिएका थिए। उनीहरुले यस क्रममा सामान्यभन्दा ९ डिग्री धेरै तापमान पाएका थिए। 

यस्तै अनुसन्धानकर्ताहरुले जुुन महिनामा रुसको वेरखोयस्क सहरको तापमानमा वृद्धि भएको पाएका थिए। वैज्ञमनिकहरुका अनुुसार जीवाष्म इन्धन प्रयोग हुँदा वातावरणमा यस्तो ग्यास फैलियो, जसले अतिरिक्त गर्मी फैलायो। यसका अलावा जंगलहरुमा लागेको डढेलो, कीटनाशक विषादीको प्रयोग र पर्माफ्रस्टले पनि स्थिति खराब बनाएको हो। – एजेन्सी