काठमाण्डौ । नेपालको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा नौमुठे गाई पाइन्छ। जुन लोपोन्मुख अवस्थामा रहेको छ। यो गाई सामान्य गाईको तुलनामा सानो हुन्छ।
बंगलादेशमा हालै फेला परेको एउटा गाई आकारमा निकै सानो भएकै कारण अहिले भाइरल बनेको छ। यो गाईको नाम रानी राखिएको छ। यो गाईको लम्बाइ केवल २० इन्चको मात्रै छ। जुन यसअघि गिनिज बुकमा नाम लेखिएको गाईभन्दा ४ इन्च कम हो।
अहिले कोरोना महामारीबीच पनि यो गाईलाई हेर्न भीडभाड नै लाग्ने गरेको छ।
राजधानी ढाकास्थित एउटा फार्ममा रानीलाई राखिएको छ। यो २३ महिनाको भइसकेको छ। हाल बंगलादेशी मिडियामा रातारात यो गाईले निकै चर्चा कमायो। हाल यो गाईको विश्वभर नै चर्चा हुन थालेको छ।
गाईको मालिकले रानी विश्वकै सबैभन्दा सानो गाई भएको दाबी गरेको छ। यो गाईको तौल पनि केवल २६ किलोमात्र रहेको छ।
यसअघि २४ इन्च लम्बाइ भएको भारतको केरल राज्यमा रहेको एउटा गाईको नाम गिनिज बुकमा दर्ता छ। यदि गिनिज वल्र्ड रेकर्डले रानीलाई आधिकारिक मान्यता दिए यो गाईको नाम विश्वकै सबैभन्दा सानो गाईका रुपमा दर्ता हुनेछ। – एजेन्सी
13 minutes ago
30 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago