काठमाण्डौ । गत हप्ता रिचर्ड मिलले विश्वको सबैभन्दा पातलो घडी सार्वजनिक गरेको थियो। रिचर्ड मिल रोबस्ट स्पोर्टस घडी बनाउनका लागि प्रख्या छ। यसका धेरै घडीहरुलाई प्रसिद्ध टेनिस खेलाडी राफेल नाडालले पनि सपोर्ट गरेका छन्।

अब यो कम्पनीले विश्वको सबैभन्दा पातलो घडी सार्वजनिक गरेको छ। कम्पनीले यो घडीलाई ‘आरएम यूपी–०१’ नाम दिएको छ। यो घडी यति पातलो छ कि जोडिएको पट्टा पनि योभन्दा बाक्लो छ। यो घडीको तौल मात्र ३० ग्राम छ। यो तौल पट्टाको हो।

कम्पनीका अनुसार यसलाई बनाउन ६ हजार घन्टा लागेको थियो। यसमा ४५ घन्टाको पावर रिजर्भ दिइएको छ। 

यो स्लिम घडी इटालियन लक्जरी स्पोर्ट्स कार निर्माता फेरारीसँगको सहकार्यमा विकसित गरिएको हो। यसमा दुईवटा क्राउन दिइएका छन्।

करोडौँ पर्छ मूल्य

यसमा एउटा क्राउनको प्रयोग ह्यान्ड सेटिङ फङ्सन रहेको छ भने अर्को क्राउनको प्रयोग त्यसलाई एक्टिभेट गर्न गरिन्छ। यो घडीमा रिचर्ड मिलेको लोगोसँगै टाइटेनियम सतहमा फेरारीको लोगो पनि देख्न सकिन्छ। 

कम्पनीले यो घडीको सीमित पिसमात्र तयार गरेको छ। रिचर्ड मिलका अनुसार यो घडीको १५० वटा पिसमात्र तयार गरिएको छ। 

यो घडीको मूल्य १.८८ मिलियन डलर (करिब २३.२ करोड रुपैयाँ) राखिएको छ। यसको मोटाइ मात्र १.७५ एमएम रहेको छ। 

पहिले बुल्गारी बनेको थियो माइक्रो घडी 

यो घडीलाई पातलो बनाउनका लागि कम्पोनेन्टहरु एकै ठाउँमा राख्नुको सट्टा कम्पनीले ठूलो सरफेस एसियामा डिस्ट्रिब्युट गरेको छ। यसअघि माइक्रो घडी बनाउने कीर्तिमान बुल्गारीको नाममा थियो। कम्पनीले १.८० एमएम पातलो घडी तयार गरेको थियो। कम्पनीले यसलाई अक्टो फिनिसिमो अल्ट्रा नाम दिएको छ। यो वर्षको सुरुमा नै प्रस्तुत गरिएको थियो। –एजेन्सी