काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले एक दशकअघि आएको वित्तीय संकटपछि पहिलोपटक विश्वको अर्थव्यवस्था पुनः सुस्तता देखिएको निष्कर्ष निकालेको छ ।

मुद्राकोषका अनुसार विश्व विकास दर यो वर्ष मात्र ३ प्रतिशत र २०२० मा झिनो बढेर ३.४ प्रतिशतसम्म हुने अनुमान गरिएको छ । मुद्राकोषले भनेको छ, ‘विश्व अर्थव्यवस्था सुस्त स्थितिमा छ । जुन एक दशकअघिको संकटपछिको सबैभन्दा कम हो ।’

गत जुलाई विश्व विकास दर मुद्रोकोषले ३.२ प्रतिशत रहने अनुमान गरेको थियो। विश्व अर्थव्यवस्थामा कमी आउनुको मुख्य कारण विनिर्माण क्षेत्र, विश्व व्यापारमा गिरावट, आयात करमा बढोत्तरी र उत्पादनको माग बढ्नै रहेको मुद्रोकोषको ठहर छ ।

यो समस्यासँग जुध्न नीति निर्मार्ताहरुले व्यापारमा आएको रुकावटहरु समाप्त पार्नुपर्ने, सम्झौतामा फेरि काम गर्न सुरु गर्नुपर्ने र विभिन्न देशबीचको तनाव कम गर्नुका साथै घरेलु नीतिहरुमा अनिश्चितता समाप्त पार्ने मुद्राकोषको सुझाव छ ।

मुद्राकोषले विश्व अर्थव्यवस्थामा सुस्तता आउनुका कारण यो वर्ष विश्वका ९० प्रतिशत देशहरुमा आर्थिक वृद्धिदर कम हुनेछ ।

मुद्रा कोषको अनुमान छ कि मुलुक भारतमा यो वर्ष विकास दर घटेर ६.१ प्रतिशत हुनेछ । मुद्राकोषले यसअघि अप्रिलमा भारतको विकास दर ७.३ प्रतिशत रहने अनुमान गरेको थियो। त्यसपछि मुद्राकोषले फेरि जुलाईमा भारतको विकास दर घटाएर ७ प्रतिशत रहने अनुमान गरेको थियो।

मुद्राकोषको वल्र्ड इकोनोमिक आउटलुकको ताजा प्रतिवेदनअनुसार भारतको आर्थिक वृद्धिदरको अनुमानमा कटौती गरे २०१९-२० का लागि घटाएर ६.१ प्रतिशतमा झारेको छ । जब कि मुद्राकोषले २०२०–२१ मा यसमा केही सुधार हुने संकेत गरेको छ । मुद्राकोषकी मुख्य अर्थशास्त्री गीता गोपीनाथले सन् २०२० मा भारतको आर्थिक वृद्धिदर केही बढेर ७ प्रतिशतसम्म हुने उम्मिद जाहेर गरेकी छन् ।

मुद्राकोषको नयाँ प्रतिवेदनअनुसार केही गैरबैंकिङ वित्तीय संस्थाहरुको कमजोरी र उपभोक्ता तथा मध्यमवर्गका व्यवसायीहरुको ऋण लिने क्षमतामा परेको नकारात्मक असरका कारण भारतमा आर्थिक विकास दर कमी आएको अनुमान गरिएको छ । गोपीनाथ भन्छिन्, ‘भारत सरकार अर्थव्यवस्थामा सुधार ल्याउनका लागि काम गरिररहेको छ तर भारतले आफ्नो राज्यकोष भइरहेको घाटामा लगाम लगाउन जरुरी छ ।’

त्यस्तै मुद्राकोषले चीनको आर्थिक वृद्धि दर यो वर्ष ६.१ र २०२० मा ५.८ प्रतिशत रहने अनुमान गरेको छ । २०१८ मा चीनको आर्थिक वृद्धि दर ६.६ प्रतिशत रहेको थियो । –एजेन्सी