काठमाण्डौ । विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ।

अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर मंगलबार बिहानसम्म कोरोना संक्रमितको संख्या ९० लाख ३ हजारभन्दा बढी भएको हो। कोरोना संक्रमणकै कारण ४ लाख ६९ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

 अमेरिका कोरोनाबाट अतिप्रभावित हुने देशहरुमध्ये अग्रस्थानमा छ। त्यहाँ २२ लाख ९१ हजारभन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन्। तीमध्ये १ लाख २० हजारभन्दा बढीको ज्यान गइसकेको छ। 

त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म १० लाख ८३ हजारभन्दा बढी संक्रमित भइसकेकोमा ज्यान गुमाउनेको संख्या ५० हजार नाघिसकेको छ। रुसमा हालसम्म ५ लाख ९१ हजार बढीमा कोरोना पुष्टि भइसकेको छ। तीमध्ये ८ हजारभन्दा बढीको ज्यान गइसकेको छ। 

उता छिमेकी मुलुक भारतमा पनि कोरोनाको कहर बढ्दो छ। अतिप्रभावितको सूचीमा भारत चौथो स्थानमा छ। त्यहाँ हालसम्म ४ लाख २५ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने १३ हजार ६०० भन्दा बढीको ज्यान गइसकेको छ। 

पाँचौँ स्थानमा रहेको बेलायतमा हालसम्म ३ लाख ६ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। त्यहाँ हालसम्म ४२ हजार ७३२ जनाको ज्यान गइसकेको छ। – एजेन्सी