काठमाण्डौ । विश्वभर कोरोनाभाइरसबाट संक्रमित भएका झन्डै ५५ प्रतिशत निको भएर घर फर्किएका छन्। 

वल्र्डमिटरका अनुसार बिहीबार बिहानसम्म विश्वभर १ करोड ८ लाख २ हजार ८४९ जना संक्रमित भएका छन्। तीमध्ये ५९ लाख ३८ हजार ९५४ संक्रमित निको भएर घर फर्किएका छन्। यो हिसाबले विश्वभर कुल संक्रमितमध्ये ५४.९७ प्रतिशत निको भएका छन्। 

यसैगरी विश्वभर अझै पनि ४३ लाख ४४ हजार ९७४ संक्रमितको उपचार भइरहेको छ। यो संख्या कुल संक्रमितको ४०.२२ प्रतिशत हो। यीमध्ये पनि ९९ प्रतिशत अर्थात् ४२ लाख ८७ हजार १५ जना संक्रमितको अवस्था सामान्य छ भने १ प्रतिशतमात्र अर्थात ५७ हजार ९५९ जनाको अवस्था जटिल रहेको छ। 

हालसम्म विश्वभर ५ लाख १८ हजार ९२१ जनाको ज्यान गएको छ। यस हिसाबले विश्वभर कुल संक्रमितमध्ये ४.८० प्रतिशतको ज्यान गएको छ। 

आज बिहानसम्म संक्रमणको आँकडाको हिसाबले अतिप्रभावित देशको सूचीमा अमेरिका, ब्राजिल र रुस क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। अमेरिकामा हालसम्म २७ जना ७९ हजार ९५३ जना संक्रमित भएकोमा १ लाख ३० हजार ७९८ जनाको ज्यान गइसकेको छ। 

त्यस्तै ब्राजिलमा १४ लाख ५३ हजार ३६९ जना संक्रमित भएकोमा ६० हजार ७१३ जनाको मृत्यु भइसकेको छ। रुसमा भने हालसम्म ६ लाख ५४ हजार ४०५ जना संक्रमित भएका छन्। तीमध्ये ९ हजार ५३६ जनाको मृत्यु भइसकेको छ। – एजेन्सी