काठमाण्डौ । विश्वमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ।

कोरोना संक्रमणबाट बिहीबार बिहानसम्म ९ लाख ७ हजार ९७७ जनाको ज्यान गएको हो। विश्वभर हालसम्म २ करोड ८० लाख २० हजार ८८१ जना संक्रमित भएका छन्। यो हिसाबले कुल संक्रमितमध्ये ३.२४ प्रतिशतको ज्यान गएको छ।

हालसम्म विश्वभर २ करोड ९८ हजार ८९ जना निको भएका छन्। यो कुल संक्रमित संख्यामध्ये ७१.७२ प्रतिशत हो।

कोरोनाबाट अमेरिका अतिप्रभावित देशको सूचीमा अग्रस्थानमा छ। त्यहाँ हालसम्म कोरोनाबाट ६५ लाख ४९ हजार ४७५ जना संक्रमित भएकामा १ लाख ९५ हजार २३९ जनाको ज्यान गइसकेको छ भने ३८ लाख ४६ हजार ९५ जना निको भएका छन्।

भारत यो सूचीमा दोस्रो स्थानमा छन्। त्यहाँ हालसम्म ४४ लाख ६२ हजार ९६५ जना संक्रमित भएका छन्। तीमध्ये ७५ हजार ९१ जनाको ज्यान गएको छ भने ३४ लाख ६९ हजार ८४ जना निको भएर घर फर्किएका छन्।

तेस्रो स्थानमा रहेको ब्राजिलमा कुल ४१ लाख ९९ हजार ३३२ जना संक्रमित भएका छन्। तीमध्ये १ लाख २८ हजार ६ सय ५३ जनाको ज्यान गइसकेको छ भने ३४ लाख ५३ हजार ३३६ जना निको भएका छन्। – एजेन्सी