काठमाण्डौ । तीव्र उछाल आइरहेको क्रिप्टोकरेन्सी बिटक्वाइनको भाउ कति पुग्ला भन्ने आँकलन गर्न मुस्किल पर्ला। तर पछिल्लो समय लगानीकर्ताको आकर्षण यो क्रिप्टोकरेन्सीको मूल्य असोचनीय उचाइ पुग्ने अनुमान गर्न थालिएको छ।

अहिले बिटक्वाइनको प्रतिइकाइ मूल्य ५९ हजार डलरको हाराहारीमा छ। यसको माग र अमेरिकी अर्थतन्त्र भइरहेको यसको विस्तारले बिटक्वाइनको मूल्य ९० हजार डलरसम्म पुग्ने जानकारहरु बताउँछन्। बिटक्वाइनको मूल्य उक्त उचाइमा पुग्ने केही आधारहरु पनि उनीहरुले निकालेका छन्। जसमा ६ मुख्य कारण यस्ता छन् –

१. अमेरिकाको इन्भेस्टमेन्ट गोल्डम्यान स्याच्सले बिटक्वाइन प्रचालन ल्याउने तयारी गरेको छ। उसले यस वर्षको दोस्रो त्रैमासबाट आफ्ना लगानीकर्ताहरुको हितका लागि यो बिटक्वाइन प्रचलनमा ल्याउने तयारी गरेको हो। हाल १.८ ट्रिलिय डलर सम्पत्ति रहेको यो कम्पनीलाई बिटक्वाइन बजारमा छिर्न भने त्यति सहज छैन।

२. भुक्तानी सेवाप्रदायक कम्पनी पेपलले पनि अब बिटक्वाइनलाई भुक्तानीका रुपमा अन्य मुद्राजस्तै स्वीकार गर्ने भएको छ। उसले आफ्ना सेवाग्राहीलाई अब बिटक्वाइनमार्फत भुक्तानीलाई मध्यस्थकर्ताका रुपमा भूमिका खेल्ने भएको छ। सेवाग्राहीले अब कुनै पनि चिज भुक्तानी गर्दा पेपल डिजिटल वालेटमा बिटक्वाइन अप्सनका रुपमा पाउने भएका छन्। पेपलका ३०० मिलियन ग्राहक र २० मिलियन सक्रिय मर्चेन्ट खाताहरु छन्। 

३. अमेरिकाको सिकागोमा रहेको सीएमई ग्रुपले पनि बिटक्वाइनलाई व्यापार प्रवद्र्धनका रुपमा प्रयोगमा ल्याउने भएको छ। उसले आफ्ना संस्थागत तथा व्यक्ति ग्राहकलाई बिटक्वाइनमार्फत व्यापार गर्ने बाटो खुला गरेको छ। 

४. विश्वकै सबैभन्दा ठूलो रेस्टुराँ चिपोल्टे म्याक्सिन ग्रिलले आफ्ना ग्राहकलाई आकर्षण गर्न बिटक्वाइनलाई सदुपयोग गर्ने भएको छ। विशेष गरी युवा ग्राहकलाई लक्षित गरी यो रेस्टुराँले ‘बुरिटोस अर बिटक्वाइन’ नामक प्रतियोगिता नै अर्को साताबाट सुरु गर्दैछ। यो प्रयोगिताका विजयी सहभागीले १ लाख डलरबराबरको बिटक्वाइन पुरस्कारस्वरुप प्रदान गर्ने भएको छ। त्यस्तै उत्कृष्ट ३ प्रतियोगीलाई जनही २५ हजार डलरबराबरको बिटक्वाइन पनि प्रदान गर्ने तयारी यो रेस्टुराँले गरेको छ। 

५. मोगो इन्कर्पोरेसन कम्पनीले हालै बिटक्वाइन क्यासब्याक मार्गेज योजना सार्वजनिक गरेको छ। यो कम्पनीले हालै क्रिप्टोकरेन्स खरिद र बिक्रीमा प्रचलनमा ल्याएको छ। यसका साथै कम्पनीले आफ्ना ग्राहकलाई एप प्रयोगमार्फत मार्गेज सुविधा लिँदा ३ हजार १०० डलरबराबरको बिटक्वाइन क्यासब्याक अफर ल्याएको छ। उसले आफ्नो मोगो एपमा सेवाग्राहीलाई आकर्षित गर्न यस्तो योजना ल्याएको हो। 

६. विश्लेषकहरुले बिट्क्वाइन उचाइ चुम्नेमा कुनै आशंका नरहेको बताउँछन्। विगत केही महिनाको आँकडा हेर्दा बिट्क्वाइनले अमेरिकी सेयर बजारमा बुलिस ट्रेन्डको झन्डा फहराइरहेको प्रस्ट हुने उनीहरुको तर्क छ। उनीहरुले बिटक्वाइनको मूल्य प्रतिइकाइ ९० हजार डलरसम्म पुग्ने दाबी गरेका छन्। – एजेन्सी