काठमाण्डौ । अस्ट्रेलियाको सिड्नीमा रहेको क्वान्टस एयरवेजले हवाई क्षेत्रमै अहिलेसम्मको सबैभन्दा लामो दूरी र समयको उडान परीक्षण गरेको छ ।

क्वान्टस एयरवेजले विश्वमै सबैभन्दा लामो दूरी र समयको उडान अमेरिकाको न्युयोर्कबाट शुक्रबार परीक्षण उडान गरेको हो । यो विमान करिब २० घन्टा ननस्टप उडान भर्नेछ । यो तीन निर्धाैरित परीक्षण उडानको पहिलो उडान हो, जुन सिड्नीबाट लन्डन र न्युयोर्कको बीच नयाँ हवाई मार्ग कभर गर्नका लागि तय गरिएको छ ।

बोइङ ७९७–९ ड्रिमलाइनरद्वारा सञ्चालित यो उडानले १७ हजार किलिमिटरको यात्रा तयर गर्नुका साथै आकाशमा लामो समयको उडानको रेकर्ड बनाउनेछ ।

क्वान्टस समूहका सीईओ एलन जोयसका अनुसार परीक्षण उडानका क्रममा करिब ४०–५० यात्रुका साथै चालक दलका सदस्य, वैज्ञानिक र डाक्टरहरु विमानमा सवार छन् । यो परीक्षणको अर्को उद्देश्य भनेको एयरलाइनद्वारा वैज्ञानिक प्रोटोकलको उपयोग गरेर इन्टरयाक्टिभ अनबोर्ड अनुसन्धान सञ्चालन गर्नु र जारी अनुसन्धान रणनीतिलाई भिन्न स्तरमा लानु पनि हो ।

परीक्षण उडानमा धेरैजसो एयरलाइन्सका नै कर्मचारी छन् । यस किसिमको लामो समयको उडानका क्रममा यात्रुको स्वास्थ्यमा कस्तो असर पर्छ ? भन्ने जिज्ञाशामा जोयस भन्छन्, ‘यात्रु यो उडानका क्रममा आफ्नो निद्रा, भोजन र पेयपदार्थ तथा शारीरिक गतिविधि कसरी सञ्चालन गर्छन् भन्ने विषयको पनि अध्ययन गरिनेछ ।’

विशेषगरी रातको समयमा विमानले उडान भर्ना साथ यात्रुलाई राताको खाना दिइनेछ । खाना खाइसकेपछि विमानभित्रको बत्ती निभाइनेछ ।

संसारकै सबैभन्दा लामो समय र दूरीको यो उडानका क्रममा यात्रुमाथि पर्न सक्ने स्वास्थ्य प्रभावको जाँच सिड्नी र मोनास युनिभर्सिटीका शोधकर्ताले गर्नेछन् । शोधकर्ताले यात्रुको निद्रा, स्वास्थ्य अवस्था र उनीहरुको शरीरमा परेको प्रभावका विषयमा जाँच गर्नेछन् । यसका लागि यात्रुलाई भिन्नाभिन्नै प्रकारका भोजन र पेयपदार्थको व्यवस्था गरिएको छ ।

यो उडानका क्रममा विमान प्रकाश र मनोरञ्जनलाई पनि ध्यान दिइएको छ ।

क्वान्टस एयरलाइन्सले पहिला नै यो घोषणा गरेको थियो कि सन् २०२३ सम्म लन्डन, न्युयोर्क र अस्ट्रेलियाका तीन सहर, सिड्नी, ब्रिस्बेन र मेलबोर्नबीच सीधा उडान सुरु गरिनेछ । परीक्षण उडान सफल भएपछि नयाँ बोइङ विमानको यात्रा समावेश गरिनेछ एयरलाइन्सले जनाएको छ । – एजेन्सी