काठमाण्डौ । विश्व बजारमा शुक्रबार उछाल आएको छ।
यो समचार तयार पार्दासम्म हङकङको हङ्कसेनमा ७३३ अंक अर्थात् ४ प्रतिशतको बढोत्तरी आएर १८ हजार ९५० को विन्दुमा कारोबार भइरहेको छ। दक्षिण कोरियाको कोस्पिमा, चाइनाको संघाई, जापनाको निक्की २२५ तथा अस्ट्रेलियाको एसएन्डपी २०० मा पनि बढोत्तरीका कारोबार भइरहेको छ।
उता युरोपेली बजारमा पनि जर्मनको ड्याक्स, लन्डनको फुट्सी र इटालीको फुट्सी मिबमा पनि बढेरै कारोबार भइरहेको छ। स्विडिस प्रपर्टी ग्रुप एसबीबीको सेयर एकैदिन ३० प्रतिशतले बढेको छ।
योसँगै अमेरिकाको प्रि–मार्केट पनि बढेर खुलेको छ।
विश्व बजारमा शुक्रबार सुन तथा क्रिप्टोकरेन्सीको भाउ पनि उकालो लागेको छ। यसरी बढ्नुको मुख्य कारण भने अमेरिकी सिनेटले कर्जाको सीमा बढाउने बिल पास गर्नु नै रहेको छ। –एजेन्सी
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago