काठमाण्डौ। कोरोनाभाइर महामारीका कारण कारोबार बन्द हुनु र मानिसहरु घरभित्रै रहनुपदार्थ विश्व अर्थव्यवस्थामा आउँदो दुई वर्षमा ५ लाख करोड डलरभन्दा बढीले नोक्सानी हुने भएको छ।

ब्लुमबर्गको रिपोर्टअनुसार वाल स्ट्रिट बैंक्सले यस्तो चेतावनी दिएको हो। वाल स्ट्रिटले यो सन् १९३० पछिकै सबैभन्दा ठूलो मन्दी हो। 

अहिले मन्दी अल्पकालीन

वाल स्ट्रिटले यो मन्दी अल्पकालीन रहने सम्भावना रहेको जनाएको छ। तर यो मन्दीबाट अर्थव्यवस्थालाई उकास्न निकै लामो समय लाग्ने रिपोर्टमा उल्लेख छ। कम्तीमा सन् २०२२ सम्म नोक्सानी भर्पाइ गर्न समय लाग्ने बताइएको छ। 

रिपोर्टका अनुसार अहिलेको अवस्था एक दशकपहिलेको वित्तीय संकटको समान रहेको छ। 

अर्थव्यवस्था उकास्न ठूलोस्तरमा वित्तीय नीति बनाउन अवाश्यक

रिपोर्टका अनुसार अहिले परिस्थितिसँग लड्न र विश्व अर्थव्यवस्था तीव्रगतिमा उकास्न ठूलोस्तरको नीति अवलम्बन गर्न आवश्यक छ। यद्यपि नीति निर्माताहरुले अर्थव्यवस्थामा तीव्रता ल्याउन र भाइरसलाई पुनः निम्तिन नदिन आवश्यक कदम चाल्न आवश्यक देखिन्छ। 

सिटी ग्रुप इंकका मुख्य अर्थशास्त्री कैथरिन मेनका अनुसार सही गति र नीतिले नै कारोबार बढाउन र मानिसको जागिर जोगाउन मद्दत गर्नेछ। 

यो वर्षको अन्त्यसम्म विश्व जडीपीमा ८ प्रतिशतको नोक्सानी

जेपी मर्गन एन्ड कम्पनीका अर्थशास्त्रीहरुले यो वर्षको अन्तयसम्म ५.५ लाख करोड डलर वा विश्व जडीपीमा करिब ८ प्रतिशतको गिरावट आउने सम्भावना रहेको बताएका छन्। उनीहरुका अनुसार यो नोक्सानी ती विकाशील देशहरुको जीडीपीबराबर हुनेछ जसले स्न २००८÷०९ र १९७४÷७५ को आर्थिक मन्दी देखेका छन्। 

विश्व व्यापार नराम्ररी प्रभावित हुने

विश्व व्यापार संगठनले बुधबार कोरोनाभाइरसका कारण विश्व व्यापारको अवस्था विश्व युद्धपछिको हालतजस्तै नराम्ररी प्रभावित हुने जनाएको छ।

उता अन्तर्राष्ट्रिय मुद्रा कोषले भने यो महामारीको अवस्थामा विश्वभर १ अर्बभन्दा बढी मानिसको तलब कटौती र जागिर जाने खतरा औँल्याइसकेको छ। – एजेन्सी