काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना महामारीका कारण विश्व अर्थव्यवस्था पहिले अनुमान लगाइएभन्दा पनि निकै खराब हुने अवस्था देखिएको जनाएको छ।

आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले कमी आउने छ। जब कि आईएमएफले गत अप्रिलमा अर्थव्यवस्थामा ५ प्रतिशतको कम आउने आँकलन गरेको थियो। 

लकडाउनका कारण विश्व अर्थव्यवस्थामा नराम्रो झट्का लागेको आईएमएफको ठहर छ। ‘लकडाउन, सामाजिक दूरी अनि कोरोना संक्रमणका कारण मानिस खुलेआम हिँडडुल गर्न डराइरहेका छन्, प्रायः उनीहरु घरभित्रै बस्न रुचाइरहेका छन्’, आईएमएफले भनेको छ, ‘जसका कारण वस्तुको मागमा निकै कमी आएको छ र यसको सीधा असर अर्थव्यवस्थामा परिरहेको छ।’ – एजेन्सी