काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह मनाउने भएको छ ।

नेपाल धितोपत्र बोर्ड सन् २०१६ जुलाईमा धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था(आइओएससीओ) को एशोसिएट सदस्य भएपश्चात् उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा बोर्डको सहभागिता रहंदै आएको छ । यसै सन्दर्भमा सन् २०१७ देखि उक्त संस्थाले शुरुवात गरेको विश्व लगानीकर्ता सप्ताह संचालनमा बोर्ड सहभागी भई लगानीकर्ताको ज्ञान अभिवृद्धि तथा सवलीकरण लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।  यसवर्ष समेत उक्त संस्थाबाट अक्टोवर ५–११, २०२० तदनुसार २०७७ आश्विन १९–२५ को अवधिमा विश्व लगानीकर्ता सप्ताह मनाउन आह्वान गरिएकोले बोर्डले उक्त सप्ताह अन्तर्गत बिभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

उक्त सप्ताहको मुख्य उद्देश्य धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाहको माध्यमबाट बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने रहेको बताइएको छ ।

बोर्डले विगत देखिनै नियमित रुपमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रमहरु  सञ्चालन गर्दैै आएको छ । धितोपत्र बजार समेत क्रमशः देशव्यापी हुँदै गएको र लगानीकर्ताहरुको संख्यामा समेत अभिवृद्धि हुँदै गएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताहरुलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजारको बारेमा आधारभूत शिक्षा प्रदान गरी लगानीका सम्बन्धमा सुसूचित निर्णय लिन सक्षम तुल्याउने, धितोपत्र बजारको बारेमा जानकारी दिई सर्वसाधारणलाई बजार प्रवेशमा थप प्रोत्साहन गर्ने, साथै वास्तविक क्षेत्र लगायतका संगठित संस्थाहरुलाई धितोपत्र बजारबाट पूँजी परिचालन गर्न अभिमुखीकरण तथा अभिप्रेरित गर्ने प्रमुख उद्देश्यका साथ बोर्डबाट यो कार्यक्रम विशेष रुपमा सञ्चालन गरिने भएको छ । 

हालको कोभिड(१९ को असहज परिस्थितिलाई मध्यनजर गर्दै बोर्डबाट देहाय अनुरुपका कार्यक्रमहरु सुरक्षित तवरले सञ्चालन गर्ने व्यवस्था गरिएको जानकारी दिएको छ । 

- २०७७ आश्विन २१, बुघबार(विहान ७ः२५–७ः५५) ः धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी जानकारी तथा सचेतनामूलक विषेश कार्यक्रम रेडियो नेपालबाट प्रशारण गर्ने ।
- २०७७ आश्विन २२, विहीबार(अपरान्ह ३ः००–५ः३०)ः धितोपत्र निष्काशनमा स्वतन्त्र मूल्य निर्धारणका लागि बुक विल्डिङ्ग पद्दतिबाट सार्वजनिक निष्काशन गर्न सक्ने गरी निर्देशिका जारी गरेको र योग्य लगानीकर्ताको सूची पनि तयारीको अन्तिम चरणमा रहेको पृष्ठभूमिमा “लगानीकर्ताहरुमा छरिएर रहेको पूँजी कम लागत तथा सर्वसुलभ रुपमा उत्पादनशील क्षेत्रमा परिचालनको लागि धितोपत्र बजार” भन्ने मूल मर्मका साथ वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजी बजारबाट पूँजी परिचालन गर्न अभिप्रेरित गर्ने र धितोपत्र निष्काशनमा स्वतन्त्र मूल्य निर्धारणका सम्बन्धमा सम्भाव्य निष्काशनकर्ता कम्पनीहरु तथा लगानीकर्ताहरुलाई थप स्पष्ट पार्न सम्बन्धित कम्पनीका उच्च व्यवस्थापन तथा लगानीकर्ताहरुसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम जुम  मार्फत् आयोजना गर्ने ।
- २०७७ आश्विन २३, शुक्रबार (अपरान्ह १ः३०–५ः३०)ः लगानीकर्ताको अधिकार, सुसूचित लगानी निर्णयका लागि आवश्यक ज्ञान तथा जानकारी, अनलाईन टे«डिङ्गको उपयोगिता र प्रयोग, आस्वा, सीआस्वा, मेरा सेयरको  उपयोगिता, क्रेडिट रेटिङ्गको महत्व तथा उपयोगिता लगायतका धितोपत्र बजार सम्बन्धी विषयवस्तुहरुमा बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि., सीडीएससी र क्रेडिट रेटिङ्ग संस्था तथा लगानीकर्ताहरुकोे सहभागितामा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता हाते पुस्तक, २०२० र धितोपत्र बजार सहभागीहरुले बोर्डमा पेश गर्नुपर्ने वित्तीय तथा अन्य विवरण विद्युतीय माध्यममार्फत पेश गर्न र लगानीकर्ताले सूचीकृत कम्पनी सम्बन्धी विवरण प्राप्त गर्न सक्ने प्रणालीको अनावरण गरी सञ्चालनमा ल्याउने ।
- २०७७ आश्विन २४, शनिबार( अपरान्ह ३ः३०–३ः४५)ः लगानीकर्ताले लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु तथा लगानी गर्ने सम्बन्धमा सचेतनामूलक सामाग्री गोरखापत्र रष्ट्रिय दैनिक र नयाँ पत्रिका दैनिकमा प्रकाशन गर्ने ।
- २०७७ आश्विन २५, आइतबार(अपरान्ह ३ः३०–३ः४५)ः लगानीकर्तालाई सवलीकरण गर्दै उनीहरुको हकहितको संरक्षण गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डको भूमिका सम्बन्धी एक वृत्तचित्र नेपाल टेलिभिजनबाट प्रशारण गर्ने ।

बोर्डले निरन्तर रुपमा सञ्चालन गर्दै आएको लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रमका साथै उल्लेखित कार्यक्रमहरु सहितको यस विश्व लगानीकर्ता सप्ताह सञ्चालनबाट धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी आधारभूत साक्षरता, बजार सम्बन्धी सूचना, गतिविधि, बजारको महत्व, बजार तथा कारोवार सम्बन्धी जानकारी तथा बजार विकासको सम्बन्धमा सर्वसाधारणमा व्यापक जानकारी प्रवाह हुँदा बजार प्रवेश तथा लगानी सम्बन्धी सुसूचित निर्णय गर्न यो कार्यक्रम निकै महत्वपूर्ण हुनुका साथै यसबाट लगानीकर्ताहरुको सशक्तिकरण तथा हकहितको संरक्षण हुन गई बजारको नियमन, सुधार तथा विकास कार्यमा थप सहजता हुने र देशमा धितोपत्र बजार सम्बन्धी गतिविधिहरुमा अझ व्यापकता आउने बोर्डले विश्वास लिएको छ ।