काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट) को मूल्य जनवरीदेखि न्यून स्तरमा छ। तेलको भाउ अहिले प्रतिब्यारेल ८१ डलरमा झरेको छ। अमेरिकी कच्चा तेल प्रतिब्यारेल ७४ डलरको नजिक पुगेको छ।
विज्ञहरुका अनुसार कच्चा तेलको भाउ प्रतिब्यारेल ७० डलरसम्म झर्न सक्छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेकोले भारतीय बजारमा पेट्रोल र डिजेलको मूल्य घट्ने भारतीय जानकारहरु बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा भाउ घटेको एक महिनापछि यसको प्रभाव भारतीय बजारमा देखिन थालेको छ।
कच्चा तेलको मूल्य घटेसँगै भारमा पेट्रोल र डिजेलको मूल्य १४ रुपैयाँसम्म घट्न सक्ने अनुमान गरिएको छ।
नेपालले भारतबाटै इन्धन आयात गर्ने गरेको छ। यसर्थ भारतले नेपाललाई पठाउने नयाँ मूल्यसूचीमा इन्धनको भाउ घटेर आउने अनुमान गरिएको छ। –एजेन्सी
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago