काठमाण्डौ। विश्वव्यापी महामारी कोरोनाभाइरस संक्रमणका कारण उत्पन्न असामान्य परिस्थितिले सामाजिक, आर्थिक क्रियाकलापलाई दीर्घकालीन असरमा पु¥याइरहेको परिप्रेक्ष्यमा पनि सिद्धार्थ इन्स्योरेन्स बीमा दाबीभुक्तानी गर्नतर्फ केन्द्रित रहेको छ।
यस विषम परिस्थितिमा समेत बीमित आकांक्षाअनुरुपको बीमा सेवा प्रदान गर्ने लक्ष्यका साथ नेपाल सरकारले तोकेको मापडण्डअनुरुप सुरक्षात्मक विधि अपनाई लकडाउनको समयमा सीमित कर्मचारीहरुद्वारा सामाजिक तथा भौतिक दूरी कायम गर्दै कार्यालय सञ्चालन गरी बीमादावीे फछ्र्यौट कार्यलाई उच्च प्राथमिकता साथ सम्पन्न गरी दाबी रकम भुक्तानी गर्दै आएको कम्पनीले जनाएको छ। यसबीच कम्पनीले बीमित यति प्लास्टिक इन्डस्ट्रिज प्रालिलाई रु.३ करोड ६७ लाख ५० हजार तथा ओम प्लाई उड एन्ड फर्निचर इन्डस्ट्रिज प्रालिको रु. १ करोड ५९ लाखबराबरको दाबीहरु फछ्र्यौट गरी दावी रकमको चेक हस्तान्तरण गरेको छ।
लकडाउनको करिब तीन महिनाको अवधिमा कम्पनीले रु. १३ करोड ११ लाख ५९ हजार २९५ दाबी भुक्तानी गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा कूल रु. १ अर्ब १६ करोड १३ लाख ९८ हजार १८७ दाबी भुक्तानी गरेको कम्पनीले आर्थिक वर्ष २०७६/७७ को हालसम्मको अवधिमा रु.७९ करोड २ लाख ८ हजार ६३९ दावी भुक्तानी गरेको छ।
बीमितको हितलाई केन्द्रविन्दुमा राखेर बीमा दावीको भुक्तानी गर्ने लक्ष्य रहेको र बीमा दावी फछ्र्यौट प्रक्रियालाई अझ सरल, सुलभ र पारदर्शी बनाउनेतर्फ आफूहरु प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago