बजेटसम्म नेप्से इण्डेक्स १३  सय ५० पुग्यो, त्यो एउटा प्राविधिक पक्षबाट हेर्दा ११ सय विन्दूबाट १३ सय ५० को विन्दूमा सिग्नीफिकेन्ट टेक्निकल राइज भएर गएको डेभलपमेन्ट हो । त्यो राइजले लगभग–लगभग के देखायो भने ९० प्रतिशत सम्भावना बजारको लङ्गटर्म बटन लागिसक्यो । जुन मैले अर्को बुलिस ट्रेन्डको सुरुवात भनेर बुझेको छु । यो हिसाबमा आगामी दिनमा बजार राम्रैसँग बढ्छ । तर, तत्कालका लागि १३ सय ५० बाट झर्यो, यसलाई बुलिस मार्केट सुरु भएको करेक्सन पार्टमा हेर्न सकिन्छ । 

करेक्सनको पाटोमा इलियट वेभ सिद्धान्तअनुसार ए बी सी गरेर फल हुने गर्दछ । त्यो एबीसी फलमा हामीले हेर्दा लगभग १२ सय  ६० को बटममा ए को बटम लाग्न सक्छ । त्यसपछि एउटा माथिल्लो साइडको र्याली समात्छ । भोलिदेखि नै यो र्याली समात्न सके १३ सय देखि १३ सय १० सम्मको अपेक्षा राख्न सकिन्छ । यसलाई सस्टेन गर्न सकेन भने लगभग–लगभग १०–१५ दिनमा १२ सय २० देखि १२ सय ३० सम्मको अर्को सिग्निफिकेन्ट बटम लगाउनसक्छ । यसपछि एग्रेसिभ र्यालीसँगै बुलिस र्याली समाउने देखिन्छ । 

नेप्से इण्डेक्सको निरन्तर घट्दो क्रम भोलिबाट सिग्निफिकेन्ट बाउन्स हुनसक्ने पनि  देखिन्छ । ओभरसोल्ड देखिसकेकाले १०–१५ दिनमा डाउनट्रेन्ड हुने र १२ सय २० देखि ३० सम्मको इण्डेक्स समाउनसक्ने संभावना छ, जसमा २० देखि २५ दिनसम्म लाग्नसक्छ ।

तीन महिनाअघिको परिदृश्य प्राविधिक पाटोमा देखिएझैं बजेटका राम्रा पक्षहरु हँुदाहुँदै पनि बजार गिरावट नहुनुपर्ने हो । बजेटका सकारात्मक पाटोहरु धेरै छन् । प्राविधिक भाषामा चलनचल्तीमा आएको भाषा प्रयोग गर्नुपर्दा, बाइ अन र्यूमर्स, सेल अन न्यूज भन्ने गर्छौं । बजारमा एउटा र्याली आइसकेपछि त्यसको करेक्सन गर्दै फेरि अर्को र्याली समात्ने कुरा हो। फण्डामेन्टल कुराले बजार तल आएको होइन ।

मैले प्रयोग गर्ने इलियट वेभ थ्योरी अनुसार कुनै पनि फस्र्ट राइजलाई १, २, ३, ४, ५ वेभ लिन्छु, १, २, ३, ४, ५ वेभ आइसकेपछि त्यो एउटा डिग्रीको फस्र्ट वेभ बन्ने गर्दछ । र त्यसपछि एबीसी करेक्सन गरेपछि बजार तल आउने गर्दछ । बजारको जस्ट एउटा माथि गएर ओभरबोट आइसकेको स्थिति थियो । त्यसमा टेक्निकल चार्टहरु इण्डिकेटरहरुमा डाइभर्जन्स देखाएको थियो र त्यही कारणले बजारले स्वभाविक सिग्निफिकेन्ट पोइन्ट बढिसकेपछि स्वभाविक रुपमा बजार तल आउनुपर्ने थियो । 

मलाई लाग्छ फेरि ३ महिनाको पिरियडमा धेरैजसो स्टकहरुमा २० देखि ३० प्रतिशतसम्म रिटर्न जेनेरेट भएको छ । त्यसकारण सर्टटर्म लगानीकर्ताहरुले प्रफिट बुक गर्दा सेलिङ प्रेसर आउँछ र अर्कोतर्फ कतिपय कम्पनीहरुले लो लेभलबाट माथि उठिसकेका  र संस्थाहरु र संस्थागत लगानीकर्ताहरुले आफ्नो वासलात ठीक देखाउन २०–२५ प्रतिशत रिटर्नका प्रफिट बुक गर्ने भएकोले सेलिङ प्रेसर आएको हो र बजार गिरावटका यी सबै नेचुरल रिजन हुन् ।

एक त सर्टटर्म टेड गर्नेले २०–२५ प्रतिशत रिटर्न तीन महिनाभित्र पाएपछि उनीहरुले बेच्ने नै भए । अर्को चाहि संस्थागत लगानीकर्ताहरुले असार मसान्तमा आफ्नो ब्यालेन्ससिटलाई ठीक गर्नलाई बेच्ने भए । अर्को चाहि टेक्निकलमा पनि हामीले मार्केट सिग्नीफिकेन्ट हाइट समातेर एउटा सर्टेन करेक्सन गर्नुपर्ने अवस्था देखिएको छ । यी सबै कारणहरु मिलाउँदा अहिलेको गिरावट प्राकृतिक छ, बजार माथि गइसकेपछि करेक्सन भएर मात्र माथि गयो भने मात्र त्यो बढोत्तरी टिक्नेखालको हुन्छ । लगातार माथि गयो भने त्यो बजार टिक्नेखालको पनि हुँदैन । त्यसकारणले यो प्राकृतिक प्रक्रिया हो । यसमा कुनै चलखेल भयो, कुनै जबरजस्ती गर्न खोजियो भन्ने कुरा सही छैन । 

बस्यालले बजार डोहोर्याउँदैछन् ?
बस्यालले जे बोल्यो, धेरैले त्यही फलो गरिरहेका छन् भन्ने कुरामा म के प्रष्ट पार्न चाहन्छु भने मैले व्यक्तिगत रुपमा कुनै पनि संस्था वा व्यक्तिलाई त्यो खालको सल्लाहहरु दिएको छैन । मसँग जोसुकै मान्छे पनि आएर सल्लाह लिन्छ भने मैले आफूले जानेको सल्लाह जसलाई पनि दिने गर्दछु । त्यो चाहे आम पब्लिक नै किन नहोस् । 

अर्को पाटो यदि मैले भनेर नै बजार डोहोरिएको हुन्थ्यो भने त संसारमा मैले जे भन्यो त्यही नै हुने गथ्र्यो होला । मैले त एउटा टेक्निकल एनलाइसिसको सर्टेन थ्योरीको आधारमा यदि कसैले त्यो थ्योरी पढ्न र सिक्न चाहन्छ भने उहाँहरुलाई पनि म स्वागत गर्न चाहन्छु । मैले आफूले जानेको ज्ञान र टेक्निकल पार्टबाट बजारको भविष्यबाणी गर्दा संभावनाका कुराहरु हुन् है भनिरहेको छु । हैन मैले चलाएर बजार चल्ने हो भने त मैले ठोकुवा गरेरै भन्थे होला नि त ।

चलखेल गरेको आरोपबारे
यदि कुनै स्क्रीप्ट मैले किनेको छु भने र मैले पब्लिकल्ली कुनै स्टकको बारेमा चार्टसहित यदि कमेन्ट गरेको थिएँ भने त्यो एनआइसी एशिया बैंकको थियो । त्यसमा पनि मैले टेक्निकल पाटोबाटै आशा गरेको थिएँ । र, पब्लिक प्लेटफर्मको इन्डिभ्यूजअल स्टक बेसिसमा मैले एनआइसी एशियालाई छाडेर अन्य कुनै पनि स्टकको विषयमा दाबीविरोध गरेको छैन । 

तर, मैले केही राम्रा र बलिया बैंकको नाम लिएर समेत विश्लेषण गरेकै थिएँ । किनभने ती बैंकहरु चाहि टेक्निकल डेभलपमेन्टकै कारण मैले यसो भनेको थिएँ । जसरी नेप्से र बैंकिङ इण्डेक्स बढेका थिए, त्यो हिसाबले तीनवटा प्याटर्न डेभलपमेन्ट भएको थियो । यी प्याटर्नहरुमा राम्रो टेक्निकल डेभलपमेन्ट भएको छ भनेर मैले भनेको छु । यदि कुनै स्टक मैले किनेको छु भने अवश्य रुपमा म आज पनि तपाईलाई डिस्क्लोज गर्न चाहन्छु, कि सानिमा बैंक मैले किनेको छु । मेरो मनपर्ने स्टक पनि हो । डिस्क्लोजर गर्ने मेरो धर्म पनि हो । 

कुनै स्टक मैले किनेको छु भने मैले किनेको छु भन्छु नै । यदि म्याटरियल डिस्क्लोज गरिँन भने पो यसमा मैले चलखेल गरेँ कि भन्ने कुरा हो, मटेरियल डिस्क्लोज त मैले गरेको छु । यदि मैले पोजिसन लिएको छु भने पोजिसन लिएको छु भन्छु । मैले अझै पनि मैले केही स्टकहरुमा मेरो व्यक्तिगतभन्दा पनि मसँग सल्लाह लिने क्लाइन्टहरुलाई यी स्टकहरु किन्नुहोस् भनेर सबैलाई सल्लाह दिएको छु । 

११०० तिर जान लागेको हो ?
प्राविधिक भाषामा मैले मार्च महिनामै ११०० को बटम लागिसक्यो भनेर मैले भनेको हुँ । र, अहिले जुन खालको टेक्निकल डेभलपमेन्टहरु भइरहेको छ, सतप्रतिशत ठोकुवा गरेर भन्न सकिने अवस्था चाहि रहन्न, तर मैले जति पनि टेक्निकल डेभलपमेन्टको हिसाबले संभावनाको हिसाबले हेर्दा ९० प्रतिशत संभावना, ११०० को एउटा सिग्नीफिकेन्ट बटम लागिसक्यो, त्यसपछि बुलिस ट्रेण्डको सुरुवात पनि भइसक्यो । अबको नेक्स्ट बटम भनेको १२२० सम्म जानसक्छ भन्ने हो । त्यसपछि त्यो भन्दा मुनि जाँदैन कि भन्ने हो । ११०० को बटमलाई बजारले फेरि मोडिफाई गर्दैन भन्ने ९० प्रतिशत संभावना छ । यसमा १० प्रतिशतको एरर चाहि रहन्छ । 

नेप्से कति पुग्ला अब ?
१२२० मा यदि बजारले बटम बनाउन सफल भयो भने यसको माथि जाने ट्रेण्ड हेर्दा इलेट वेभ थ्योरीलाई पछ्याउँदै झण्डै मिनिमम टार्गेट १६०० र धेरै चाहि यो वर्षको अन्तसम्म अलटाइम हाईलाई टेस्ट गर्न जाने संभावना प्रवल देखिएको छ । 

लगानीकर्र्ताको मनोविज्ञान टेक्निकलले सुन्छ ?
सम्पूर्ण टेक्निकल एनलाइसिसको बेसिस नै मनोविज्ञानको अध्ययन हो । त्यसकारणले जुन मासको साइक्लोजी हो, त्यसमा सबै खालको साइक्लोजी हुन्छ । कोही लङटर्मका लागि लगानी गर्ने हुन्छ, कोही सर्टटर्म लगानी गर्ने हुन्छन् । 

कुनै कुनै संस्थाहरु हरेक क्यालेन्डर इयरमा निश्चित प्रतिशत प्रफिट लिने भन्ने खालको मनोविज्ञान हुन्छ । यिनीहरु फरक फरक बजार सहभागीको मनोविज्ञानले फरक–फरक ढंगले नै काम गरिररहेको हुन्छ । ती सबैको ओभरअल मनोविज्ञान फेरि टेक्निकल चार्टमा देखिने गर्दछ । त्यसकारण अवश्यक रुपमा सिग्नीफिकेन्ट्ली बटम लगाएर बजार जुन १३५० सम्म गयो, त्यहाँ चाहि सबैले एकपटक प्रफिट बुक गर्नुपर्छ भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ । र, त्यहीकारणले अहिले तल आएको छ । 

अर्को पक्षबाट हेर्दा अहिलेको बजार भनेको बैंकिङ, डेभलपमेन्ट बैंक, उत्पादन क्षेत्र र होटल गरी यी ४ वटा इण्डेक्सलाई छाडेर लाइफ, नन्लाइफ र माइक्रोफाइनान्सका इण्डेक्सहरुमा जुन तरिकाको राइज आयो, त्यो सिग्नीफेकन्ट राइज छँदै थिएन । अझै पनि बैंकिङ इण्डेक्स हेर्ने हो भने धेरै बैंकहरु अझै पनि माथिल्लो लेभलमै अडिरहेका देखिन्छन् । अब लगानीकर्ताले स्पष्ट रुपमा कित्ताकाट सुरु गरिसकेका छन्, जुन–जुन कम्पनीका राम्रा कमाई छन्, ती कम्पनीमा लगानी गर्ने र जसको तुलनात्मक रुपमा कम कमाई छ, त्यस्ता कम्पनीमा कम लगानी हुन थालेको छ । स्मार्ट लगानीकर्ताले बुझेर मार्केटमा लगानी गरेका छन् । उनीहरुले आफ्नो प्राथमिकता कहाँ भनेर छुट्याइसकेका छन् । 

अहिले नेप्सेको गिरावट हेर्ने हो भने माइक्रोफाइनान्स, इन्स्योरेन्स सेक्टरमा बढी प्रेसर देखिन्छ भने बैंकिङ इण्डेक्सले भने माथिल्लो लेभलमा नै होल्ड गरिरहेको देखिन्छ । जुन चाहि बैंकिङ इण्डेक्स नेप्सेलाई हाँक्ने इण्डेक्स हो । झण्डै ७० प्रतिशत वेटेज बैंकिङमा मात्रै छ, त्यो ड्राइभ गर्ने इण्डेक्स भएको हुनाले त्यो जबसम्म माथि नै रहिरहन्छ,, लगानीकर्ता आत्तिनुपर्दैन । उहाँहरुले निर्धक्क भएर आफ्नो बचतको पैसा छ भने बिस्तारै बिस्तारै लगानी गर्न सुरु गर्दा हुन्छ । टाइमफ्रेम केही लामो राख्न सकियो भने बजारबाट कमाउनुहुनेछ । 
(भक्तराज रसाइलीसँगको कुराकानीमा आधारित)