काठमाण्डौ। वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले २०७६ सालमा स्थापना एक्सपर्ट मिसन क्लबअन्र्तगत रही कार्य गर्ने २०० निर्माणकर्मीलाई उपहार प्रदान गरेको छ।

विभिन्न  क्षेत्रका निर्माणकर्मीलाई ३२ इन्चको टीभी, मोबाइल, भाइब्रेटर, भ्याकुमक्लिनर र सेफटी टुल्स किट उपहार वितरण गरिएको वृज सिमेन्टका सेल्स म्यानेजर निरज सिंहले जानकारी दिए। वृज सिमेन्टले निर्माण क्षेत्रमा कार्यरत कामदारको हौसला र सुरक्षाका लागि विगत वर्षदेखि यो योजना कार्यान्वयनमा ल्याएको हो। 

यस एक्सपर्ट मिसन क्लबले नेपालभर रहेका निर्माण कर्मीहरुलाई एकताबद्ध गराई उनीहरुको हौसला र सुरक्षाका लागि कार्य गर्दछ। वृज सिमेन्टले यसमा हातेमालो गर्दै आइरहेको छ। यसलाई निरन्तर रुपमा अगाडि लैजाने योजना रहेको कम्पनीले जनाएको छ। 

वृज सिमेन्ट आईएसओ ९००१ः२०१५ बाट प्रमाणित छ। यसका उत्पादनहरु वृज सिमेन्टका पीपीसी ब्रान्डहरु एनएस ३८५, वृज सिमेन्टका ओपीसी ब्रान्डहरु एनएस ४९ र पीएससी एनएस ३८४ बवाट प्रमाणित भइसकेका छन्। 

कम्पनीले साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) मा वृज सुपर प्रिमियम उत्पादन गर्दछ भने पोर्टल्यान्ड पोज्जोलना सिमेन्ट (पीपीसी) अन्तर्गत वृज सिमेन्ट र पोर्टल्यान्ड स्लयाग सिमेन्ट (पीएसीसी) अन्तर्गत वृज सुपर पावर ब्रान्ड उत्पादन गर्दछ।