काठमाण्डौ । नेपाल टेलिभिजनबाट प्रशारित नेपालको आफ्नै मौलिक सांगीतिक रियालिटी शो कार्यक्रम ‘नेपाल स्टार’ को उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले उनको सपनाको घर बनाउन सिमेन्ट उपलब्ध गराएको छ। 

यसअघि नेपाल स्टारको कार्यक्रममा गायक सिद्धान्तको सम्पूर्ण आवास निर्माणका लागि चाहिने सिमेन्ट वृज सिमेन्टले उपलब्ध गराइदिने प्रतिबद्धता कार्यक्रमस्थलमा उपस्थित भई कम्पनीको कार्यकारी निर्देशक मोहित केडियाले प्रतिबद्धता जनाएका थिए। सिद्धान्त नेपाल स्टारको इटहरी अडिसनबाट नेपाल स्टारमा प्रवेश गरि उत्कृष्ट छैटाँै स्थानबाट भोटका आधारमा बाहिरिएका थिए। 

नेपाल स्टारको पावर प्याक गायकका रुपमा सिद्धान्तलाई निर्णायकहरुले लिएका थिए। वृज सिमेन्टले उनको झापााकोे केर्खामा अवस्थित आफ्नै निवासमा उद्योगको कारखाना रुपन्देहीबाट कम्पनीले स्वयं ढुवानी गरिदिएको छ।

उक्त सहयोग पुष्पतारा केडिया सेवा फाउन्डेसनको सहकार्यमा वृज सिमेन्टद्वारा प्रदान गरिएको हो।