काठमाण्डौ । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुसलगायतका सेवा प्रदान गरेको छ। 

लायन्स एन्ड लियो क्लब अफ काठमाण्डौ चाबहिल र वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो। विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भतmजनलाई १५० जना विभिन्न स्वयंसेवकद्वारा ८ स्थानमा सेवा प्रदान गरिएको छ। यसका साथसाथै पशुपतिनाथमा भतmजनलाई निःशुल्क स्वस्थ्य परीक्षणसमेत गरिएको छ।

स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको थियो। करिब २ हजार धर्मावलम्बीले स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए। 

साउनको सोमबार देशभर महादेवको विभिन्न मन्दिरहरुमा पूजा अर्चना गरिन्छ र सोमबार विशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशीलगायत देशभरका विभिन्न स्थानमा पूजाअर्चना गरिन्छ। 

यो कार्य आफ्नो कम्पनीको वार्षिक कार्यक्रमअनुरुप संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत गरिएको कम्पनीले जनाएको छ।