काठमाण्डौ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले आफ्नो वेबसाइट स्तरोन्नति गर्दैछ।
एनबीएले नयाँ फिचरहरु थप गर्दै आफ्नो वेबसाइट स्तरोन्नति गरिरहेको हो। स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको एनबीएका एक अधिकारीले बताए।
स्तरोन्नतिको काम सकिएपछि आर्थिक पत्रकारका लागि गरिने अन्तर्क्रियामा वेबसाइट लन्च गरिने ती अधिकारीले जानकारी दिए। ‘नयाँ अपग्रेडेड वेबसाइटमा वाणिज्य बैंकहरुको निक्षेप, कर्जा, बेसरेट, स्प्रेड रेटलगायतको ताजा अवस्था हेर्न सकिनेछ’, ती अधिकारीले भने, ‘बैंकहरु आफैँले ती तथ्यांकहरु अपडेट गर्न सक्ने गरी डिजाइन गरिँदैछ। वेबसाइटमा सबै वाणिज्य बैंकको पहुँच हुनेछ।’
हाल एनबीएले बैैंकहरुको निक्षेप, कर्जालगायतको सूचना ई–मेलमार्फत सञ्चार माध्यमहरुलाई पठाइरहेको छ। ‘अब भने त्यही अपग्रेडेड वेबसाइटमार्फत सबैले बैंकिङ सूचकहरुको पछिल्लो अवस्थाका बारेमा जानकारी लिन सक्नेछन्’, ती अधिकारीले भने।
महिनाको एकपटक आर्थिक पत्रकारहरुसँग अन्तर्क्रियात्मक कार्यक्रम गरेको एनबीएले पहिलो कार्यक्रम राखीसकेको छ। अब आयोजना गरिने अन्तर्क्रियामा नयाँ अपग्रेडेड वेबसाइट लन्च गर्ने तयारी एनबीएको छ।
हाल एनबीएको वेबसाइटमा सीमित विषयवस्तुमात्रै अपडेट भइरहेका छन्। अब भने सञ्चार माध्यम, सर्वसाधारण तथा सरोकारवालालाई जानकारीका लागि सहज हुने भएको छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago