काठमाण्डौ । इन्टरनेटलाई वर्तमान आधुनिक जीवनको एउटा महत्वपूर्ण हिस्साभन्दा आपत्ति नहोला। वास्तवमा इन्टरनेटबिना मानव जीवन चलाउनै कठिन हुने अवस्थाको सिर्जना भइसकेको छ। अझ विश्वव्यापी कोभिड महामारीको समयमा त यसको महत्व झनै बढेर गएको छ। 

कोभिड महामारीले मानिसहरुलाई अनलाइनको संसारमा प्रवेश गर्न बाध्य पारेको छ। यतिबेला इन्टरनेटको आवश्यकता बढेको छ। विशेष गरेर व्यवसाय, सञ्चार, शिक्षा, वित्त, मनोरञ्जन र सन्देश प्रवाहको क्षेत्रमा इन्टरको आवश्कयता बढेको छ। 

बितेको ३० वर्षको अवधिमा वेबमाथिको हाम्रो निर्भरता धेरै नै बढिसकेको छ। यसबीचमा वेब आफैँ पनि आमूल परिवर्तनहरुबाट गुज्रिएको छ। अहिले यो विकास अर्को चरणमा प्रवेश गर्न खोज्दैछ। 

हामीले इन्टरनेट विकासका दुई चरण देखिसकेका छौँ। यसमध्ये पहिलो वेब १.० हो। जसले सन् १९८० मा सुरुआत भएको इन्टरनेटलाई प्रतिनिधित्व गरेको थियो। यसमा केही सीमित सहभागीहरुले बनाएको ‘रिड ओन्ली वेबपेजेज्’ समावेश थियो। 

वेब १.० बाट प्रकाशित कन्टेन्टमा विश्वका जोकोहीको पहुँच पुर्याउने सुरुआत भएको थियो। यद्यपि प्रयोगकर्ताहरुले यस्ता वेबपेजहरु पढ्न र ब्राउजमात्रै गर्न सक्थे। उनीहरुले वेभपेजहरुसँग अन्र्तक्रिया गर्न सक्दैनथे। यसमा सर्च इन्जिन नभएकाले अहिलेजस्तो ‘वल्र्ड वाइड वेब (डब्ल्यूडब्ल्यूडब्ल्यू) ब्राउज गर्ने प्रचलन थिएन। 

सन् २००२ मा वेब २.० को सुरुआत भयो र यो अहिलेसम्म चलिरहेको छ। वेब विकासको पहिलो चरणमा इन्टरनेट पब्लिसरबाट प्रयोगकर्तामा एककर्फी मात्रै सूचना प्रवाह हुने गरेकामा यो नयाँ वेब २.० भर्जनले प्रयोगकर्ताको व्यापक अन्तर्क्रिया र सहभागीलाई सम्भव बनायो। प्रयोगकर्ताले विभिन्न एप्लिेकेसनहरुमा आफ्नै अकाउन्ट बनाउन सक्ने भए। यसका अर्थ अनलाइन संसारमा प्रगोगकर्ताको आफ्नै विशिष्ट पहिचान बन्यो। नयाँ इन्टरनेट कम्पनीहरुले विश्वका अनलाइन ग्राहकसामु सस्तो मूल्यमा आफ्नो प्रडक्ट र सेवाहरुको बजारीकरण गर्न सक्ने भएकाले यसले व्यवसायहरु अझ विशेष गरेर ई–कमर्स का लागि सम्भावनाका ढोकाहरु खुला गरिदियो। 

विश्वका जुनसुकै कुनामा रहेका जुनसुकै व्यक्तिले विश्वभारका अडियन्सका लागि कन्टेन्ट प्रकाशन गर्न सक्ने भए। फलस्वरुप बल्गिङ र विकिपेडियाजस्ता विश्वविख्यात ट्रेन्डहरुको सुरुआत भयो र एकदमै सफल र चर्चित पनि बन्यो। 

सामाजिक सञ्जालको उदयमा वेब २.० को योगदान कसैले पनि भुल्न सक्दैनन्। सामाजिक सञ्जालको उदयको सुरुआत ‘माई स्पेस’ बाट भएको थियो। यसपश्चात फेसबुक, ट्विटर र युटुबजस्ता युजर जेनेरेटेड साइटहरु आए। 

यो समयमा जाभास्क्रिप्ट, एचटिएमएल फाइभ (हाइपर टेक्स्ट मार्क अप ल्यांग्वेज फाइभ) र सीएसएस थ्री (कास्काडिङ स्टाइल सिट्स थ्री)जस्ता वेब टेक्नोलोजीहरुको विकासले फेसबुक, ट्विटर र युटुबजस्ता अन्तर्क्रियात्मक वेब प्लेटफर्महरु विकास गर्न एकदमै महत्वपूर्ण भूमिका खेले। 

सन् २०१० पश्चात इन्टरनेटको लेटेस्ट प्याटर्न वेब ३.० नियमित र नियन्त्रित रुपमा विकास भइहरको छ। डिसेन्ट्रलाइज वेब पनि भनिने वेब ३.० ले डिस्ट्रब्युटेड लेडजर टेक्नोलोजीबाट सञ्चालित इन्टरनेट एप्लिकेसन र सर्भिसेसको लेटेस्ट जेनेरेसनलाई प्रतिनिधित्व गर्छ। तथापि यो नयाँ अवधारण भने होइन। 

वल्र्ड वाइड वेबका अन्वेषक टिम बर्नर–लिले यो यसको पूर्वानुमान पहिलै गरेका थिए। जसलाई उनले ‘सिम्यान्टिक वेब’ को नाम दिएका थिए र यो अझै ओपन, स्मार्ट र अटोनोमस हुने बताएका थिए। 

डेटालाई केन्द्रीकृत रिपोजिटरिजमा स्टोर गर्नुको साटो वेब ३.० मुख्यतः डेटालाई विकेन्द्रीकृत रुपमा कनेक्ट गर्न केन्द्रित हुन्छ। यसले कम्प्युटरलाई मानिसले जस्तै सूचनाहरु विश्लेषण गर्न सक्षम बनाउने गर्दछ। 

प्रयोगकर्ता र मेसिनहरु सहज ढंगले डेटासँग कनेक्ट हुन सक्ने भएकाले वेब ३.० भर्जनको इन्टरनेटलाई सूचना प्रशोधनका विषयमा अझै बौद्धिक र शक्तिशाली बनाउनका लागि कृत्रिम बौदिकता(एआई)ले महत्वपूर्ण भुमिका खेल्ने देखिन्छ। 

प्रयोगकर्तालाई स्मार्ट अनुभव दिलाउनका लागि यसले मेसिनहरुलाई डेटा पछाडिको अर्थ गहन तरिकाले विश्लेषण गर्न समेत सक्षम बनाउने गर्छ। 

वेब २.० को कमी कमजोरीका कारण वेब ३.० को विकासको बाटो खुलेको छ। केन्द्रीकृत इन्टिटीहरुमा सञ्चय भएको शक्ति र नियन्त्रणका कारण वेब ३.० आवश्यकता महसुस भएको हो। सन् २००८ को विश्वव्यापी आर्थिक संकटको दुरगामी प्रभाव पर्यो। त्यसबेलाको आर्थिक संकटले वित्तीय संस्थाहरुमा विश्वासको संकट निम्त्याइदियो। वाणिज्य बैंकहरुको बिजनेस प्राकिटसले त्यो संकट निम्तिएको थियो। 

विश्वका केन्द्रीय बैंकहरु संकटका बारेमा पूर्वानुमान गर्न असफल रहे र सरकारहरु पनि यसलाई प्रभावकारी ढंगले सम्बोधन गर्न असमर्थ देखिए। यो घटनाले प्रविधिको शक्ति जस्तै, केन्द्रीकृत शक्तिको कमजोरी प्रस्ट पारिदियो। यस्ता विषयहरुलाई मध्यनजर गर्दै वेब ३.० का शिल्पकारहरु ती मुद्दा समाधान गर्न चाहन्छन्, जुन यस्ता समस्याहरुबाट उत्पन्न भएका छन्। जसमा प्रयोगकर्ताको विश्वास, गोपनीयता र पारदर्शिता समावेश छ। – एजेन्सी