काठमाण्डौ। अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न युनियनले दसैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ। 

मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्रमार्फत सुश्री मस्तकला नेपाली बि.क.विजेता घोषित भएकी हुन्। उनले वेस्टर्न युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्ट मध्य नबिल बैँकको सबएजेन्ट मुक्तिनाथ विकास बैंकबाट कारोबार गरेकी थिइन्। उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रुपमा रु. ५ लाखको चेक हस्तान्तरण गरेका थिए।

दसैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कात्तिक २५ सम्म लागू गरिएको थियो। यस योजनामा ८ हप्तासम्म हरेक हप्ता ५ भाग्यशाली विजेताहरुले रु. २० हजार पनि जितिसकेका छन्।

नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब– एजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो।

वेस्टर्न युनियनका दक्षिण एसिया प्रमुख एसएस रमानाथनले भने, ‘यो क्यासउत्सव योजनामा विजेता बन्न सफल सम्पूर्ण ४१ जना भाग्यशाली विजेताहरुलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। विदेशमा दुःख गरेर कमाएको पैसा नेपालमा आफ्नो परिवारलाई पठाउनका लागि वेस्टर्न युनियनलाई भरोसा र विश्वास गरिदिनुहुने सम्पूर्ण नेपालीप्रति म आभारी छु। तपाइँहरुको यो साथ र विश्वासले हामीलाई भविष्यमा अझै राम्रो सेवा प्रदान गर्न प्रोत्साहित गरेको छ।’