काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुला गरेको आईपीओ दोस्रो दिनमा ओभरसब्सक्राइब्ड भएको छ।
कम्पनीले हिजो मंसिर १४ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एकैपटक आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा गाएका नेपालीका लागि आवेदन खुलाएको छ।
त्यस्तै कम्पनीले जारी पुँजी ६० करोडको २ प्रतिशतले हुने १ करोड २० लाख रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल १ लाख २० हजार कित्ता आईपीओ जारी गरेको छ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि १० हजार ८०० कित्तासम्म आवेदन दिन पाउनेछन्।
सीडीएससीका अनुसार आज अपराह्न ४ बजेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओमा २४२ आवेदकबाट कुल १ लाख १७ हजार ७० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.०८ गुणाले बढी हो। योसँगै वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ।
यो आईपीओमा मंसिर २८ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आईपीओको बिक्री प्रबनधकमा नबिल इन्भेस्टमेन्ट बैंंकिङ लिमिटेड रहेको छ।
32 minutes ago
43 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
1 day ago