काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८०को वैशाखसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा २१ वटा वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएका हुन्।
गत चैत मसान्तसम्म वाणिज्य बैंकहरुको खुद नाफा ४८ अर्ब ७० करोड रुपैयाँ थियो। यो हिसाबले वैशाखमा मात्रै वाणिज्य बैंकहरुले ८ अर्ब ४५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।
अघिल्लो वर्षको वैशाखमा भने वाणिज्य बैंकहरुको ५८ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए। समीक्षा अवधिमा वाणिज्य बैंकहरुको नाफा २ प्रतिशतले घटेको छ।
वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले वैशाखसम्म सर्वाधिक नाफा कमाएको देखिन्छ। यो बैंकले ६ अर्ब १२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
धेरै नाफा कमाउने ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ। यो बैंकले ५ अर्ब ३४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
यसैगरी उच्च नाफा कमाउनेमा एनआईसी एसिया बैंक तेस्रो स्थानमा रहेको छ। एनआईसी एसियाले ४ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। राष्ट्र वाणिज्य बैंकको नाफा पनि ४ अर्ब रुपैयाँ माथि नै रहेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा ३ अर्ब ८९ करोड रुपैयाँ छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाखसम्म सबैभन्दा कम नाफा आर्जन गर्नेमा कृषि विकास बैंक रहेको छ। यो बैंकले वैशाखसम्म १ अर्ब २२ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ।
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago