काठमाण्डौ । पूँजी वृद्धिपछि बैंक तथा बित्तीय संस्थाहरुले नाफा बढाउन सक्दैनन् भन्ने धेरैलाई लागेको हुनसक्छ । तर, नेतृत्व सक्षम भयो भने भारी पूँजी वृद्धिपछि पनि नाफा बढाउन सकिन्छ । पूँजी वृद्धिपछि पनि प्रमुख आर्थिक सूचकहरुमा सन्तुलन कायम गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ वोमी माइक्रोफाइनान्स । 

यो माइक्रो फाइनान्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आबको सोही अवधिको तुलनामा खूद नाफातर्फ करिब ३९ प्रतिशतको प्रगति हासिल गरेको छ । समीक्षा अवधिमा यो माइक्रोफाइनान्सको खूद नाफा ७३ लाख १७ हजारको उचाईमा पुुगेको हो, जबकि अघिल्लो आबको सोही अवधिमा यो कम्पनीले ५२ लाख ६७ हजार मात्र कमाएको थियो । 

समीक्षा अवधिमा यो कम्पनीको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो आबको पहिलो त्रैमासमा १ करोड ३५ लाख रुपैयाँ रहेको ब्याज आम्दानी बढेर समीक्षा अवधिमा १ करोड ६३ लाख पुुगेको छ । 

यो अवधिमा वोमी माइक्रोफाइनान्सले ३० करोड निक्षेप संकलन गरी तथा ४७ करोड ६६ लाख सापटी लिई ८३ करोड ८६ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो आबको पहिलो त्रैमासमा १५ करोड ८३ लाख निक्षेप संकलन गरी तथा २२ करोड ५० लाख सापटी लिई ४४ करोड ११ लाख कर्जा परिचालन गरेको थियो । 

वोमीले खराब कर्जालाई पनि निकै घटाएको छ । अघिल्लो आबको पहिलो त्रैमाससम्म १.९४ प्रतिशत रहेको खराब कर्जा घटाएर ०.८४ प्रतिशतमा झारेको छ । ६.८५ प्रतिशतमा सीमित कस्ट अफ फण्ड बढेर १०.३९ प्रतिशत पुुगेको छ । 

अधिकांश बैंक तथा बित्तीय संस्थाहरुले बढेको पूँजी अनुसार व्यवसाय बिस्तार गरेर नाफा कमाउन नसक्दा इपीएसमा पहिरो व्यहोरिरहेको बेला वोमीको वार्षिकीकृत प्रतिसेयर आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ४५.०२ रुपैयाँ रहेको इपीएस बढेर समीक्षा अवधिमा ४५.१७ रुपैयाँ कायम भएको हो । 

यो अवधिमा यो कम्पनीको प्रतिसेयर नेटवर्थ १७१.३० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२.९९ गुणा कायम भएको छ । 

अघिल्लो आबको पहिलो त्रैमाससम्म ३ करोड ६० लाखमा सीमित चुक्तापूँजी बढेर समीक्षा अवधिमासम्म ६ करोड ४८ लाख भइसकेको छ । १ करोड ८३ लाख रुपैयाँ रहेको रिजर्ब कोष बढेर ३ करोड ३२ लाख पुुगेको छ । यो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७३ ७४ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । त्यसपछि ३० प्रतिशत हकप््रद दिने यो कम्पनीको तयारी छ । २० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ७ करोड ७७ लाखको उचाईमा पुुग्नेछ । त्यसपछि जारी हुने ३० प्रतिशत हकप्रदपछि चुक्तापूँजी बढेर १० करोड १० लाखको उचाईमा पुुग्नेछ ।