काठमाण्डौ। वोमी लघुवित्त र सूर्योदय वित्तीय संस्थाले आज आआफ्नो वार्षिक साधारणसभा डोकेका छन्। 

वोमी लघुवित्तको दसौँ वार्षिक साधारणसभा काभ्रे धुलिखेलस्थित होटेल अरनिको सभाहलमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। 

यसैगरी सूर्योदय लघुवित्तको नवौँ वार्षिक साधारण स्याङ्जाको पुतलीबजारस्थित सयपत्री पार्टी प्यालेस गुडिखोलामा बिहान ११ बजे सुरु हुनेछ। सभामा संस्थाद्वारा प्रस्तावित २०% बोनस सेयर पारित हुनेछ। 

दुवै लघुवित्तको सभाले वोमी र सूर्योदय लघुवित्तबीच आपसमा मर्ज हुने सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव पारित गर्नेछ। वोमी र सूर्योदय १ः१ अनुपातमा मर्ज हुन लागेका हुन्। 

सभामार्फत मर्जर समितिले सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको सेयर स्वाप रेसियो पारित हुनेछ। 

वोमी र सूर्योदय लघुवित्त एक आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति पनि दिइसकेको छ। दुवै लघुवित्तबीच गत भदौ १५ गते एक आपसमा मर्ज हुने सम्झौता भएको थियो। 

मर्जर सम्झौता भएसँगै भदौ १६ गतेबाट दुवै कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का छ।